३७ जना युवाबाट एक करोड उठाएर रोयल पाण्डा कन्सल्टेन्सी इटहरीका दुईजना सञ्चालक फरार

३७ जना युवाबाट एक करोड उठाएर रोयल पाण्डा कन्सल्टेन्सी इटहरीका दुईजना सञ्चालक फरार

विराटनगर । वैदेशिक रोजगारीमा पठाउने भन्दै ३७ जना युवाबाट एक करोड पाँच लाख रुपैयाँ उठाएर दुईजना व्यक्ति फरार भएपछि युवाहरुको बिचल्ली भएको छ । सुनसरीको इटहरीमा सञ्चालित रोयल पाण्डा कन्सल्टेन्सीका सञ्चालक रकम लिएर फरार भएपछि युवाहरुको बिचल्ली भएको हो । ठगीमा परेका युवाहरु अहिले न्यायका लागि जिल्ला प्रशासन कार्यालय र श्रम तथा रोजगार कार्यालयमा धाउन थालेका हुन् ।

मुख्य सञ्चालक दिपकप्रसाद ढुंगेल

इटहरी उपमहानगरपालिकामा शैक्षिक परामर्श सम्बन्धि कार्य गर्न दर्ता गरेर कन्सल्टेन्सीका सञ्चालक दिपकप्रसाद ढुंगेल र विशाल आचार्यले युवाहरुलाई रोजगारीका लागि पठाउने भन्दै रकम उठाएका हुन् । युवाहरुबाट २ लाख ५० हजारदेखि २ लाख ७० हजार रुपिँयासम्म उठाएपछि कार्यालय नै बन्द गरेर उनीहरु फरार भएका छन् ।

मोरङको बेलबारी–४ का टंकप्रसाद दाहालले ऋण गरेर कन्सल्टेन्सीमा बुझाएको रकम लिएर सञ्चालक फरार हुँदा चिन्ताले सताएको बताउनुभयो । एकाएक सञ्चालकहरु कार्यालय नै छोडेर भागेको पाइएपछि उनीहरुले जिल्ला प्रशासन कार्यालय सुनसरी र श्रम तथा रोजगार कार्यालय विराटनगरमा खोजी गरि कारवाहीको दायारमा ल्याईदिन माग गर्दै उजुरी दिएका छन् ।
इटहरी उपमहानगरपालिकामा भर्खरै दर्ता गरिएको कन्सल्टेन्सीले यूईए मात्रै नभई युरोपियन मुलुकमा पठाउने भन्दै पनि रकम उठाएको युवाहरुले बताएका छन् । इटहरी उपमहानगरमा २२२०५०÷२०७६÷२०७७ मा दर्ता भई पान नम्बर ६१२४८९१७ समेत लिएको कन्सल्टेन्सीले ठगी गर्नकै लागि मात्रै संस्था दर्ता गरेको हुनसक्ने आशंका गरिएको छ । युवाहरुलाई यूएई हुँदै फ्रान्ससम्म पु¥याउने आश्वासन दिएर रकम संकलन गरिएको हो ।

इटहरी–४ का टेकबहादुर कार्कीका अनुसार रकम लिनेहरुले अनलाइन फारम भराएर प्रक्रिया स्वीकृत भएको आश्वासन दिने गरेका थिए । दुवहीमा रहेको कम्पनिमार्फत रोजगारीका लागि पठाएको निवेदन स्वीकृत भएको भन्दै उनीहरुले युवाहरुलाई झुक्याएका हुन् ।
आइतबार श्रम तथा रोजगार कार्यालय विराटनगरमा वैदेशिक रोजगार ऐन २०६४ को दफा ४० बमोजिम कसुर गरेकोले ऐ.ऐ (क) को ४३ मुताबिक कारवाही गरिपाउँ भन्दै पीडितमध्येका कार्कीसहित ३७ जनाले उजुरी गरेका हुन् ।

श्रम तथा रोजगार कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिकृत प्रेम प्रसाद सन्जेलका अनुसार सञ्चालकहरु विरुद्धको कारवाही प्रक्रियाका लागि सम्बन्धित निकायलाई लेखि पठाईने छ । सञ्चालकहरुलाई नियन्त्रणमा लिएर ठगेको रकमको ढेडगुणा रकम फिर्ता गराउने, दुईलाख देखि ५ लाख सम्म नगद जरिवाना भराउने र ३ वर्षदेखि ७ वर्षसम्म जेल सजाय गराउन सक्ने ऐनले स्पष्ट प्रावधान तोकेको छ ।
ठगीमा परेकामध्ये इटहरी–१८ का लक्ष्मण कुमार चौधरी समेत ३७ जनाले नै जिल्ला प्रशासन कार्यालय सुनसरीमा समेत उजुरी दिएका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई फरार सञ्चालकद्वयको खोजी गरि पक्राउ गर्न निर्देशन समेत दिईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्