सतैरझोराका उपभोक्तालाई अभिमुखिकरण

सतैरझोराका उपभोक्तालाई अभिमुखिकरण

इनरुवा । सुनसरीको गढी गाउँपालिका ५ सतैरझोराका उपभोक्ता समितिका पदाधिकारीहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडामा गठन भएको ११ वटा उपभोक्ता समितिका पदाधिकारीहरुलाई निर्माणको काम प्रभावकारी रुपमा सञ्चालनका लागि अभिमुखिकरण गरिएको हो ।

वडा कार्यालयले आफ्नो विभिन्न योजनाहरुलाई प्रभावकारी र जनसहभागिता सहितको सम्पन्न गर्नका लागि उपभोक्ता समितिलाई अभिमुखिकरण गरिएको वडा अध्यक्ष सुगना झग्डले जानकारी दिनुभयो । उपभोक्ता समितिका लागि सदस्यहरुलाई लेखा अधिकृत दिलबहादुर खड्का, योजना शाखा प्रमुख योगराज निरौला, इन्जिनियर राम कुमार यादव, उपाध्यक्ष राजकुमारी चौधरी सहितकाले उपभोक्ता समिति गठनदेखी निर्माणसम्म र काम सम्पन्न भएपछि भुक्तानीसम्मको जानकारी सहित अभिमुखिकरण गरिएको वडा अध्यक्ष झग्डले जानकारी दिनुभयो ।

कार्यक्रममा कार्यालिका सदस्य हरि उराँव, वडा सचिव श्यामकुमार साह, वडा सदस्यहरु सहितको उपस्थिती रहेको थियो । कार्यक्रममा उपभोक्ता समितिको बैठकदेखीवडा कार्यालयको सिफारिस लिनुपर्ने, उपभोक्ता समितिको निर्णयभएको र गर्नुपर्ने तरिका, लागत स्टीमेट, योजना सुरु हुनु पूर्वको अवस्थाको बारेमा समेत प्रशिक्षण दिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्