आसरा सुधार केन्द्र धरानको तेश्रो बार्षीक उत्सव सम्पन्न

आसरा सुधार केन्द्र  धरानको तेश्रो बार्षीक उत्सव सम्पन्न

सुनसरी

आसरा सुधार केन्द्र पानवारी धरानको तेश्रो बार्षीकोत्सव तथा पहिलो साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमको समुद्धघान कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती सिर्जना थापाले पानसमा दिप प्रज्वलन गरी भएको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संघकी अध्यक्ष थापाले दुर्व्यसनीमा फसेका युवा पीढीलाई उपचार, परामर्श तथा पुनर्स्थापना मार्फत पुर्नजीवन प्रदान गरी समाजको एक प्रतिष्ठित नागरिकको रुपमा पुनर्स्थापना गर्ने कार्य गर्दै आएको जानकारी दिएकि छिन्। सो कार्यक्रम आसरा सुधार केन्द्र धरानको प्राङ्गणमा सम्पन्न भएको थियो। साथै थापाले आगामी दिनमा थप ब्यवस्थित तरिकाले प्रभावकारी रुपमा अगाडी बढ्नुपर्ने कुराको पनि जानकारी दिएकि छिन् ।

कार्यक्रमको अवसरमा प्रमुख थापाले केन्द्रमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी तथा केन्द्रका पुर्व व्यवस्थापक, पुर्व प्रहरी नायव उपरिक्षक रामजी कट्वाललाई प्रशंसा पत्रले सम्मान समेत गरिएको बताईन् । धरान उप-महानगरपालिकाका मेयर तिलक राई, सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, आसरा सुधार केन्द्र धरानका मानार्थ सदस्य प्रदिप मेयाङबोले कार्यक्रममा शुभकामना मन्तब्य राखेका थिए ।

केन्द्रले बार्षिकोत्सबको अबसरमा आयोजना गरेको बिभिन्न खेलकुद बिधामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरुलाई नेपाल प्रहरी श्रीमती संघकी महासचिव श्रीमती बबिता पाल तथा प्रदेश नम्बर १ प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रृजना थापा कार्कीद्वारा पुरस्कार प्रदान गरिएको थियो ।
सो कार्यक्रम केन्द्रका अध्यक्ष प्रहरी बरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद चौधरीको सभापतित्वमा सम्पन्न भएको थापाले जानकारी दिएकि छिन्। प्रशिक्षार्थीहरुबाट गायन, नृत्य तथा कविता बाचन समेत भएको थियो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ, प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरु, संचालक समितीका पदाधिकारीहरु, केन्द्रका आजिवन सदस्यहरु, स्थानिय जनप्रतिनीधीहरु, सुरक्षा निकायका पदाधिकारीहरु र प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्