प्रेम देवान
विराटनगर । विराटनगरमा रहेको मेरिल्याण्ड र शिक्षादीप कलेजको संयुक्त व्यवस्थापनमा संचालित हिमालय दर्शन कलेज र काठमाडौको मेरियट होटेलबिच मेमोरेन्डम अफ अन्डरस्एटीङ (एम ओ यु )सम्झौता भएको छ ।
होटल मेनेजमेन्ट पढ्ने विद्यार्थीहरुलाई काठमाडौंमा रहेका ५ तारे होटलको स्थालगत भ्रमणसँगै उक्त होटलहरुसँग आगामी दिनमा विद्यार्थीलाई प्रयोगात्मक अभ्यासको निम्ति होटल र कलेजबीच सम्झौता ( एमओयु) गरेको हो । हिमालय दर्शन कलेजका विएचएम प्रथम र दोस्रो बर्षका विद्यार्थी त्यसैगरी शिक्षादिप कलेजका ११ र १२ का विद्यार्थीहरुलाई ५ तारे होटलसँग प्रयोगात्मक अभ्यास गर्नको लागि सहकार्यका अगाडी बढाएको शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानु खड्काले जानकारी दिनुभयो ।
कलेजले काठमान्डौ नक्साल स्थित रहेको ५ तारे होटल मेरियट र तिलगङ्गा स्थित पिकअप आनन्द पशुपति होटलसँग इन्टर्नसिप र जब प्लेसमेन्टको लागि एक अर्काबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । विराटनगरमा रहेको हिमालय दर्शन कलेज र शिक्षादीप कलेजमा होटल मेनेजमेन्ट विषयमा अध्ययनरत विद्यार्थीहरुको लागि ईन्टनसिपसँगै रोजगारको व्यावस्था गर्ने गरी सम्झौता भएको हो ।
सम्झौता पत्रमा शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानु खड्का , हिमालय दर्शनका प्रिन्सिपल भरत सापकोटा , कलेज डाईरेक्टर भेषराज पोखरेल र मेरियट होटलको तर्फबाट जनरल म्यानेजर फेवियन मार्टिनेजले एक आपसमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । राजधानी बाहिरका ब्याचलर कलेजहरू मध्ये मेरियटसँग एमओयु गर्ने पहिलो कलेज हिमालय दर्शन र शिक्षादिप रहेको मेरियटका मार्टिनजले बताउनुभयो ।
यसैविच कलेजले आनन्द पशुपति होटलका डाईरेक्टर विवेक विष्ट र सेल्स कोअडिनेटर मनिसा निरौलासँग दुई कलेजले (एम ओ यु ) पत्रमा हस्ताक्षर गरी सम्झौता गरिएको थियो ।
कलेजले होटल मेनेजमेन्टका विद्यार्थीहरुलाई पहिलो पटक विराटनगर बाहिरका ५ तारे होटलसँग सहकार्य गर्ने अवसर मिलेको कलेका प्रिन्सपल भरत सापकोटाले बताउनुभयो । विराटनरको विग होटल, पर्पलहेजसँगै काठमान्डौका ५ तारे होटलहरुसँग पनि विद्यार्थीहरुलाई इन्टर्नसिप गराउन पाँउदा ठूलो अवसर मिलेको प्रिन्सिपल सापकोटाको भनाइ छ ।
यता होटलको डाईरेक्टर विवेक विष्टले होटल ईण्ड्रस्ट्रिजमा होटल मेनेजमेन्ट पढ्ने विद्यार्थीहरुले मेहनत गर्न सके देशकै भविष्य राम्रो हुने बताउनुभयो साथै कलेजका विद्यार्थीहरुलाई इन्टर्नसिप र जबप्लेसमेन्टको लागि सधै तयार रहेको कुरामा पनि उहाँले जोड दिनुभयो ।
कलेजले विद्यार्थीहरुलाई नेपाल टुरिजम बोर्डसँगै विभिन्न धार्मिक तथा पर्यटकिय स्थलहरुको भ्रमण गराउनुका साथै विद्यार्थीलाई होटल ईन्डट्रिज क्षेत्रको भविष्यबारे कार्याशाला गराएको हिमालय दर्शन कलेजका डाईरेक्टर भेषराज पोखरेलले जानकारी दिनुभयो ।
तस्वीर : प्रेम देवान / आवर विराटनगर