विराटनगरका पत्रकार श्रेष्ठ सम्मानित

विराटनगरका पत्रकार श्रेष्ठ सम्मानित

विराटनगर । विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर पत्रकार अनिल श्रेष्ठ नगदसहित सम्मानित भएका छन् ।
वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर श्रेष्ठलाई सोमबार विराटनगरमा सम्मान गरेको हो ।
सम्मानित भएका श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले कदर पत्र र नगद पाँच हजार रूपैयाँसहित सम्मान गरे ।
सोही अवसरमा निबन्ध प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र चौथो हुने विद्यार्थीहरू नगदसहित पुरस्कृत भए । विश्व उपभोक्ता अधिकार दिवसको सन्दर्भ पारेर ‘उपभोक्ताको हकको कार्यान्वयनमा विद्यार्थीको भूमिका’ शिर्षकको निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगिताको प्रथम मोरङको रतुवामाइ नगरपालिका ९ स्थित जनता माविमा अध्ययरत रोशिका अधिकारी भइन् ।

यस्तै द्धितीय विराटनगरको अरनिको स्कूलकी लुनाकिरण सापकोटा, तृतीय उर्लाबारीको सुनपकुवा माविका अञ्जान मिश्र र चौथो धनकुटाको गोकुण्डेश्वर माविका पुष्पदिप विश्वकर्मा भए । उनीहरूलाई नगदसहित पुरस्कृत गरियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्