विराटनगरको बरगाछीमा बन्ने आकाशेपुलको शिलान्यास

विराटनगरको बरगाछीमा बन्ने आकाशेपुलको शिलान्यास

विराटनगर

विराटनगरको बरगाछीमा आकाशे पुल बन्ने भएको छ । विराटनगरमा सवारी साधानको चापसँगै जनघनत्व बढ्न थालेपछि विराटनगरमा आकाशे पुलको शिलान्यास गरिएको छ ।
विराटनगर महानगरपालीकाको मेयर पराजुलीले आज सोमबार बरगाछी चोकमा बन्न लागेको आकाशे पुलको शिलान्यास गर्नुभएको हो ।
बरगाछीसँगै विराटनगर महानगरपालीकाले विराटनगरका मुख्य ३ स्थानमा दुई करोड ३९ लाख लागतमा आकाशेपुल निर्माण गर्न लागेको छ । नगर क्षेत्रको धरान–विराटनगर सडकखण्डको कञ्चनबारी चोक, बरगाछी चोक र भट्टी मोड (घाँसचोक) गरी तीन ठाउँमा आकाशे पुल निर्माण गर्ने महानगरको योजना छ । विराटनगरको कञ्चनबारी चोकमा ७८ लाख, बरगाछी चोकमा ६८ लाख र भट्टीचोकमा ९३ लाख रुपैयाँ लागतमा आकाशे पुल निर्माणको तयारी छ । आकाशे पुलको शिलान्यास कार्यक्रममा विराटनगरका ४ र ५ का वडा अध्यक्ष लगायत स्थानियवासिको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्