विराटनगरको मोरङ सहकारीमा डा.समिर पौडेलद्वारा पुनः सेवा सुरु हुँदै

विराटनगरको मोरङ सहकारीमा डा.समिर पौडेलद्वारा पुनः सेवा सुरु हुँदै

विराटनगर । वरिष्ठ मुटु रोग विशेषज्ञ डा.समिर पौडेलले पुनः विराटनगरमा सेवा सुरु गर्नु भएको छ । लामो समय विराटनगरमा वरिष्ठ कन्सल्टेन्ट फिजिसियनको रुपमा विरामीको स्वास्थ्य परीक्षण गर्नु भएका डाक्टर पौडेल कार्डियोलोजी अध्ययन सकाएसँगै सेवाका लागि फर्कनु भएको हो ।

प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार वरिष्ठ कन्सल्टेन्ट कार्डियोलोजी डा. पौडेलले विराटनगर–९ स्थित मोरङ सहकारी अस्पतालमा विरामीको स्वास्थ्य परीक्षण गर्नुहुने अस्पतालका निर्देशक विकास अधिकारीले जानकारी दिनुभयो ।

डाक्टर पौडेल यस अगाडी विराटनगरको कोशी अस्पताललमा फिजिसियनको रुपमा र रंगेली अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हालेर अध्ययनका लागि जानु भएको थियो । अहिले उहाँ वीर अस्पतालमा कार्यरत रहनु भएको छ । उहाँले नाम्स अन्तर्गत वीर अस्पताल र गंगालाल अस्पतालबाट कार्डिलोजीमा डीएम सकाउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्