राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठक आह्वान

राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठक आह्वान

काठमान्डू

पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सर्वदलीय बैठक आह्वान भएको हो ।

संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई राष्ट्रपति भण्डारीले छलफलका लागि दिउँसो ४ बजे बोलाएकि छिन् । दलहरुबीच देखिएको विवाद अन्त्यको प्रयास स्वरुप भण्डारीले बैठक बोलाएको बताइएको छ ।
बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्