दुई हप्ताको अन्तरालमा चोरीमा संम्लग्न ६ जना व्यक्ति पक्राउ

दुई हप्ताको अन्तरालमा  चोरीमा संम्लग्न ६ जना व्यक्ति पक्राउ

सुनसरी
आकृति रानी फुयल

इलाका प्रहरी कार्यालय ईटहरीद्वारा दुई हप्ताको अन्तरालमा चोरीमा संम्लग्न ६ जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा देवानगंज २ बस्ने वर्ष २१ का राम कुमार गिरि , दुहबी नगरपालिका वडा न ५ बस्ने बर्ष २१ का नजरुन मिया, दुहबी नगरपालिका वडा न ७ बस्ने बर्ष ३२ का सुनिल चौधरी , दुहबी वडा न ४ बस्ने बर्ष ४२ का शिवनारायण चौधरी, रामधुनी नगरपालिका वडान ५ बस्ने बर्ष ३३ का सुबोध कार्कि रहेका छन्। त्यसैगरी एकजना भने नाबालक भएकोले उसको पहिचान गोप्य राखिएको कार्यालयले जनाएको छ। गत फाल्गुन १५ गतेदेखि २९ गतेका बिचमा चोरी गर्ने ६ जना इलाका प्रहरी कार्यालय सुनसरीद्वारा पक्राउ परेका छन्।

गिरिलाई गत १६ गते इटहरी उप महानगरपालिका वडा नम्बर ९ स्थित दिपेन्द्र चोकमा भुषण साहको गोदामबाट मुल्य रु १० हजार बराबरको १६६ किलो प्याज चोरी गर्दागर्दै पक्राउ गरिएको थियो । मियाँलाई गत १७ गते इटहरी उपमहानगरपालिका वडा नम्बर
६ स्थित नेपाल एस.बि.आई.बैंक लि. अगाडी राजमार्ग किनारामा पार्किङ गरी राखेको हिरो कम्पनीको मूल्य रु ६८०० सय पर्ने साइकल चोरी गर्ने क्रममा पक्राउ गरिएको थियो । सुनिललाई भने गत फाल्गुन २४ गते इटहरी उप मनपा वडा नम्बर १३ स्थित सन्तोष साहको घरको आँगनमा राखेको साईकल चोरी गरेको अभियोगमा पक्राउ गरिएको हो ।

दुहबी नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष ४२ शिव नारायण चौधरीलाई इटहरी वडा नम्बर ४ पानाधारे चोकबाट डिल्ली कुमार श्रेष्ठको घरको कम्पाउण्ड भित्र राखेको साईकल चोरी गरेकोले पक्राउ गरिएको हो।
त्यसैगरी रामधुनी नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष ३३ का सुबोध कार्कीलाई भने २८ गते ना ७ ख ५३८२ नम्बरको डिलक्स बसमा रु ६५०० मूल्य बराबरको कालो रङको क्यासेट १ थान तथा बसमा जडान रहेको सोनी कम्पनीको रु ३६००० मूल्य बराबरको रोवा कम्पनीको मोडेल 32D1600 लेखिएको कालो रङको ३२ ईन्चको LED टिभी १ थान चोरी गरेको अभियोगमा पक्राउ गरिएको छ। साथै कार्कीले इटहरी उपमहानगरपालिका बस्ने मिन बहादुर खत्रीको मूल्य रु ६५०० बराबरको साइकल समेत चोरी गरेको इलाका प्रहरी कार्यालय ईटहरी सुनसरीका सूचना अधिकृत प्रहरि निरीक्षक केशव कुमार कटवालले जानकारी दिएका छन्। ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्