शोक प्रस्ताव पारित गरेर सकियो संसद बैठक

<span class='c1'>शोक प्रस्ताव पारित गरेर</span> <span class='c2'>सकियो संसद बैठक</span>

काठमाडौं
प्रतिनिधिसभाले संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
मंगलबार बसेको बैठकले यादवको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । स्वर्गीय यादव २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री समेत रहेका यादवको ७५ बर्षको उमेरमा गत माघ १ गते निधन भएको थियो । शोक प्रस्ताव पारित गर्नुअघि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदहरु डिला संग्रौला पन्त, मानबहादुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डे मनोनयन गरेको जानकारी गराए । अर्को बैठक चैत्र ६ गते अपरान्ह १ बजेका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्