विराटनगरको कलेज रोडमा हाम्रो समाजद्वारा वृक्षारोपण

विराटनगरको कलेज रोडमा हाम्रो समाजद्वारा वृक्षारोपण

विराटनगर । वातावरण स्वच्छ, सफा र हराभरा राखौंभन्ने मुल नाराका साथ हाम्रो समाजले विराटनगर ९ स्थित कलेज रोडमा वृक्षारोपन गरेको छ । यस अघि समाजले कलेज रोडको दुवै साईडमा फलामको रङ्गरोगन सहितको आर्कषित रेलिङ्गहरु समेत बनाई सकेको छ । कलेज रोडलाई हाम्रो समाज र स्थानियको पहलमा नमुना रोड रुपमा परिचित गराउन जुटिरहेका छन् । यसैविच मंगलबार हाम्रो समाजले कलेज रोडलाई थप आकर्षित र हराबरा बनाउनको लागी रोडका दुवै साईडमा गमलामा वृक्षरोपण गरेका छन् ।

वृक्षारोपणको लागी अरनिको सहकारी ब।सहकारी र गुरास पुस्ताकालयले गमलामा रोप्ने विरुवाहरु उपलब्ध गराएको थियो । वृक्षारोपण कार्यक्रममा नेपाली काग्रेस प्रदेश नं। १ का सचेतक केदार कार्की , गुरास पुस्तकालय सभापती दिपक चापागाइ , अरनिको बहुदेश्य सहकारीका प्रतिनीधी लगायत स्थानियको उपस्थितमा वृक्षारोपण कार्यक्रम ग।िरएको थियो । विराटनगर प्रदेश नम्बर एकको राजधानी भएका कारण पनि विराटनगरको सौन्दर्यकरणमा थप मदत पुगोस भनेर कलेज रोडमा वृक्षारोपपण कार्यक्रम गरिएको हाम्रो समाजका अध्यक्ष अनुज सापकोटाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्