कविता वाचन प्रतियोगितामा ‘ बुबा ’ शिर्षक कविता वाचन गर्ने दास प्रथम

कविता वाचन प्रतियोगितामा ‘ बुबा ’ शिर्षक कविता वाचन गर्ने दास प्रथम

विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेजको विज्ञान संकायमा आयोजित कविता वाचन प्रतियोगितामा विवेक कुमार दास प्रथम भएका छन् ।
प्रतियोगितामा वाचन भएका ४१ जना प्रतिस्पर्धीलाई पछि पार्दै ‘बुवा’ शीर्षकको कविता वाचन गरेर दास प्रथम भएका हुन् । प्रतियोगितामा राहिल गिरी र अंकितकुमार साह द्वितीय हुँदा दिपेश बराइली र अमन तिम्सिना तृतीय हुन सफल भए । त्यस्तै अदा श्रीवास्तव र रितिका कार्कीलाई सान्त्वना घोषित गरिएको थियो । सम्पदा कोइरालालाई विशेष पुरस्कार प्रदान गरिएको थियो । कवि एवं पत्रकार मीनकुमार नवोदित र कवि प्राध्यापक डा .विमल श्रीवास्तवको निर्णायक समितिले वाचन भएका कवितामध्ये पुरस्कृत कविता छनौट गरेको थियो ।

कार्यक्रममा विजयी विद्यार्थीलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, प्रमुख निर्णायक मीनकुमार नवोदित, अर्का निर्णायक डा. विमल श्रीवास्तव, कलेजका प्राध्यापक वसन्त बस्नेत, भूपिन्द्र दाहाल (भूपी)लगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रतियोगितामा विज्ञान संकायका कक्षा ११ र १२ का विद्यार्थी सहभागी भएका थिए । यसअघि कलेजले कमर्श संकायमा अध्ययनरत विद्यार्थीबीच पनि कविता प्रतियोगिता आयोजना गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्