विराटनगरको महेन्द्रचौकमा सवारी दुर्घटना, घाईतेको पहिचान खुलेन, आफन्त खोज्दै प्रहरी

विराटनगरको महेन्द्रचौकमा सवारी दुर्घटना, घाईतेको पहिचान खुलेन, आफन्त खोज्दै प्रहरी

विराटनगर । विराटनगरको महेन्द्रचौक स्थित मदर एण्ड चाईल्ड अस्पताल अगाडी आज सवारी दुर्घटना हुँदा एक महिला गम्भिर घाईते भएकी छन् । विराटनगरको बरगाछीबाट बसपार्कतर्फ आउदै गरेको मे ६ प ३१५२ नम्बरको रातो मोटरसाईकले अन्दाजी ५५– ६० बर्ष उमेरकी महिलालाई ठक्कर दिएको थियो । घाईते महिलालाई मदर एण्ड चाईल्ड अस्पतालको एम्बुलेन्सले तत्काल उद्धारगरी अहिले न्यूरो अस्पताललमा उपचार भईरहेको छ ।

पहाडीमुलको जस्तो देखिने घाइते महिलाले पहेंलो र रातो कोठे सारी लगाएकी छिन् । गम्भिर घाईते भएका कारण उनको अहिले सम्म पहिचान नखुलेकोले उपचारमा समस्या भईरहेको छ । बाँकी परिचय खुल्ने अन्य आधार समेत साथमा फेला नपरेका कारण प्रहरी आफन्तको खोजीमा लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्