बस्नेत र राई भए फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

बस्नेत र राई भए फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

विराटनगर । फागुन महिनाको सर्वोकृष्ट प्रहरीको रुपमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी जवान ज्ञानबहादुर बस्नेत र प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत अशोक राई घोषित भएका छन् । प्रहरी चौकी कर्सियामा दरबन्दी भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत बस्नेत र प्रहरी चौकी हर्कपुर ओखलढुंगा दरबन्दी भई प्रदेश प्रहरी कार्यालयमा कार्यरत राईले फागुन महिनाको सर्वोकृष्ट प्रहरी सम्मान पाउनु भएको हो । प्रहरी जवान बस्नेतको यो तेस्रो सर्वोकृष्ट प्रहरी सम्मान हो । बस्नेत जिल्ला प्रहरी कार्यालयबाट २०७५ भाद्रमा र प्रदेश प्रहरी कार्यालयबाट २०७५ चैतमा सर्बोकृष्ट प्रहरी घोषित भईसक्नु भएको थियो ।

विभागिय मूल्यमान्यता स्थापित गर्दै व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ भए वापत प्रदेश प्रहरी कार्यालयले यो सम्मान प्रदान गर्दै आएको छ । दुवैजनालाई कर्तव्य ज्यान, अपहरण गरी शरीर बन्धक जस्ता जघन्य प्रकृतिका अपराध गरी वारदात पश्चात फरार रहेका प्रतिवादीहरु, चोरी पैठारी तथा प्रतिबन्धित लागुऔषध कारोबारी लगायत विभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन सफल भए वापत सम्मान गरिएको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्