अपाङ्गता सञ्जाल इटहरीमा दिलकुमारी

<span class='c1'>अपाङ्गता सञ्जाल</span> <span class='c2'>इटहरीमा दिलकुमारी</span>

इटहरी । इटहरी उपमहानगरमा इटहरी अपांङ्गता संजाल गठन भएको छ । दिलकुमारी राईको संयोजकत्वमा संजाल गठन भएको हो । संजालको उपाध्यक्षमा रमानन्द खत्वे,सचिव रामु कार्की,सहसचिव राम वहादुर भुजेल र कोषाध्यक्ष रिता पौडेल रहनुभएको छ । संजालमा इटहरीको २० वटै वडावाट प्रतिनिधित्व रहेको छ ।

अव इटहरीका प्रत्येक वडाहरुमा अपांङ्गताभएका ब्यक्तिहरुलाई संगठित गर्दै वडा मिलिजुली समूह गठन गरिने र त्यसलाई टोलहरुमा समेत विस्तार गरिने इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिनुभयो । इटहरीमा अपांङ्गता सम्वन्धि योजना तर्जुमा,कार्यावन्यन र अनुगमनमा समेत अपांङ्गता भएकाहरुलाई सहभागिता गराउन टोल टोल सम्म समूह गठन गर्न लागिएको छ ।

इटहरी अपांङ्गता संजालले इटहरी उपमहानगरमा संचालित अपांङ्गता रोकथाम तथा नियन्त्रण कार्यक्रम कार्यावन्यनमा सहयोग पुरयाउने छ । अपांङ्गताभएकाहरुको पहिचान गरि उहाँहरुलाई शीप सिकाएर क्षमता विकास गर्दै आत्मनिर्भर वनाइने उपप्रमुख गौतमले वताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्