आज विराटनगरमा शोक विदा, कार्यालय समय सुरु भएपछि घोषणा

आज विराटनगरमा शोक विदा, कार्यालय समय सुरु भएपछि घोषणा

विराटनगरमा आज शोक विदा घोषणा भएको छ । तत्कालिन विराटनगर उपमहानगरपालिकाको पहिलो मेयर तथा संविधानसभा सदस्य र पूर्व राष्ट्रिय सभा सदस्य समेत रहनुभएका अशोक कोइरालाको निधन भएको शोकमा विराटनगर महानगरपालिकाले आज विराटनगरमा सार्वजनिक विदा दिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नद्वारा हस्ताक्षरित सूचना कार्यालय समय सुरु भईसकेपछि जारी भएकाले खुलिसकेका सामुदायिक विद्यालय र वडाकार्यालयहरु बन्द गरिएका छन् ।
विराटनगर १३ सैनिक टोलस्थित श्री बाल माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द गजुरेलले विद्यार्थीहरु विद्यालय आईसकेपछि सूचना पाएकाले मौनधारण गरि विद्यालय बन्द गरीएको बताए ।

वडा नम्बर ६ का वडाअध्यक्ष विजय कामतले साढे १० बजे सूचना पाएपछि वडा कार्यालय बन्द गरेको बताए । यसै गरि वडा नम्बर ९ का वडाध्यक्ष विश्वनाथ भगतले भर्खरै फेसुबक हेरि सूचना पाएकाले वडा कार्यालय बन्द गरेको बताए । यता वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल कामतले भने आफुले बिहान साढे ८ बजे नै जानकारी प्राप्त गरेकोले सोहि अनुसार कार्यालय बन्द गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्