कार्पेदियममा पहिलोपटक चर्चित बैण्ड ‘दि इलिमेंट्स’ आउँदै

कार्पेदियममा पहिलोपटक चर्चित बैण्ड ‘दि इलिमेंट्स’ आउँदै

विराटनगर

विराटनगरको कार्पेदियममा पहिलोपटक चर्चित बैण्ड 'दि इलिमेंट्स' आउँदैछ। बिराटनगरको बरगाछी चोकमा रहेको उक्त होटेल भएको ठाउमा पहिले सर्कल रेष्टुरेन्ट थियो जुन अहिले नयाँ व्यवस्थापनद्वारा नयाँ नामको साथ संचालन भैरहेको छ।

आफ्नो बेजोड प्रस्तुतिका साथ होटेलमा भोलि डी इलिमेंट्स आउने जानकारी होटलका संचालक श्रीयसकर कार्कीले दिए। आवर बिराटनगर संग कुरा गर्दै उनले भने, डी इलिमेंट्स भोलि आफ्ना चर्चित गीतहरु सपनाको मायालु, बिर्सिने हौ कि जस्ता गीतहरु लिएर आउदै छन्। यसअघि पहिलोपटक झिल्के एण्ड दि कम्पनि नामक बैण्ड फेब्रुवरी १३ मा आफ्नो कन्सर्ट प्रस्तुतिका लागि कार्पेदियममा आएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्