रानी मिल्श एरीयामा पहिलो पटक गोल्डकप हुदै, विजेतालाई एक लाख पुरस्कार

रानी मिल्श एरीयामा पहिलो पटक गोल्डकप हुदै, विजेतालाई एक लाख पुरस्कार

विराटनगर । विराटनगरको मिल्स एरिया (रानी)मा प्रथम मिल्स गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
विराटनगर–१६ मा रहेको मिल्स गोल्डकप फुटबल ट्रष्टले पहिलो पटक प्रदेशस्तरीय गोल्डकप चैत ७ देखि १४ गतेसम्म आयोजना गर्न लागेको जनाएको छ ।


ट्रष्टका अध्यक्ष किशोर शाहीका अनुसार विराटनगरको फुटबल इतिहासमा मिल्स एरियाको योगदान र पहिचान गराउनुका साथै फुटबल खेललाई गतिसिल बनाउँदै लैजाने उद्देश्यले प्रतियोगिता गर्न लागेको हो । नयाँ पुस्तालाई खेलकुदका माध्यमबाट सकारात्मक संस्कार सिकाउँदै सभ्य समाज निर्माण गरी सामाजिक दाहित्व बहन गराउने ट्रष्टको लक्ष्य रहेको शाहीले बताउनुभयो ।

मिल्स एरियामा रहेको विराटनगर जुट मिलको खेल मैदान प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा प्रदेश १ को सशस्त्र प्रहरी बल पूर्वाञ्चल, १ नम्बर प्रदेश प्रहरी कार्यालय, मोरङको उर्लाबारी फुटबल क्लब, मोरङकै विराटनगरको साइनो स्पोर्ट्स क्लब, सुनसरी दुहबीको एलेभेन एरोज क्लब, उदयपुरको गाईघाट फुटबल क्लब, सुनसरीको धरान सिटी फुटबल क्लब र झापाको सताक्षीधाम स्पोर्ट्स क्लबको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ र उपविजेताले नगद ७५ हजार रुपैयाँका प्राप्त गर्ने आयोजकले जनाएको छ ।

व्यक्तिगत पुरस्कारतर्फ म्यान अफ दि म्याच, सर्वोत्कृष्ट खेलाडी (म्यान अफ द सिरिज), सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड, कोच र उदयमान खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्