ओवी अपडेट: महेन्द्रचौकमा सवारी दुर्घटनामा परेकी घाईते महिलाको पहिचान खुल्यो

ओवी अपडेट: महेन्द्रचौकमा सवारी दुर्घटनामा  परेकी घाईते महिलाको पहिचान खुल्यो

विराटनगर । विराटनगरको महेन्द्रचौक स्थित मदर एण्ड चाईल्ड अस्पताल अगाडी बुधबार दिउँसो सवारी दुर्घटनामा परेकी महिलाको पहिचान खुलेको छ ।
विराटनगरको बरगाछीबाट बसपार्कतर्फ आउदै गरेको स ४ प ७१६६ नम्बरको रातो मोटरसाईकले एक महिलालाई ठक्कर दिएको थियो । घाईते महिला विराटनगर १६ बर्माटोलकी ६६ बर्षिया विन्दा कोईराला रहेको परिवार स्रोतले बतायो । उनी आफ्ना श्रीमान्लाई लिन जादै गर्दा बाटो क्रस गर्नेबेलामा मोरङको कटहरीका २६ बर्षिय भविष कार्कीको मोटरसाईकलले ठक्कर दिई गम्भिर घाईते बनाएको थियो ।
घाईते महिलाको तत्काल पहिचान खुल्न सकेको थिएन । तर मदर एण्ड चाईल्ड अस्पतालको एम्बुलेन्सले तत्काल उद्धारगरी न्यूरो अस्पताललमा उपचारको लागी लगिएको थियो । उनको अहिले त्यही अस्पताल मै उपचार भईरहेको घाईतेकी श्रीमान् बलराम कोईरालाले जानकारी दिए ।


‘सुरुमा हामीले धेरै ठाँउमा खोज्यौ,प्रहरीमा पनि जानकारी दिएका थियौ । तर कही पत्ता लाग्न सकेन घाईते महिलाकी श्रीमान बलरामले भने, काठमान्डौमा रहेकी छोरीले आवर विराटनगरमा समाचार देखेपछि खबर गरे । त्यसपछि हामी अस्पतालमा पुग्दा आफ्नै श्रीमती रहेको थाहा पायौं कोईरालाले भने । आवर विराटनगरले बेलैमा समाचारको माध्यमबाट जानकारी दिएका कारण पनि हामीले आफ्नो मान्छेलाई भेट्न पायौं आवर विराटनगरलाई धेरै धेरै धन्यवाद ।’ कोईरालालाई ठक्कर दिने चालक कार्की सवारीसाधन मोरङ प्रहरीको नियन्त्रणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्