भारतबाट अवैध नेपाल भित्र्याइएको १२० बोरा धान जहदाबाट बरामद

भारतबाट अवैध नेपाल भित्र्याइएको १२० बोरा धान जहदाबाट बरामद

विराटनगर । मोरङ प्रहरीले वेवारिसे अवस्थामा रहेको ५० केजी तौल भएका १२० बोरा धान बरामद गरेको छ । नेपाल भारत सीमा क्षेत्र अन्तर्गत दशगजा क्षेत्रबाट १ लाख ८० हजार मूल्य बराबरको धान बरामद गरिएको हो ।

प्रहरीले जहदा गाउँपालिका ५ र ६ को बीचमा धान फेला पारेको धान कसेको हो भन्ने खुलेको छैन । भारतबाट अवैध रुपमा नेपला भित्र्याइएको धानसँगै प्रहरीले पाँच थान साइकल समेत बरामद गरेको छ । बरामद धान आवश्यक कारवाहीका लागि मूल भन्सार कार्यालय रानीमा बुझाइएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्