ओवी ताजा अपडेट : विराटनगरको मुनालपथमा बसले म्याजिक भेनलाई ठक्कर दिदाँ

ओवी ताजा अपडेट : विराटनगरको मुनालपथमा बसले म्याजिक भेनलाई ठक्कर दिदाँ

विराटनगर । विराटनगर २ मुनालपथ स्थित यात्रुबहाक बसले बिहीबार साँझ म्याजिक भेनलाई ठक्कर दिदाँ ३ जना यात्रु घाईते भएका छन् ।

दुवै सवारी साधन ईटहरीतर्फबाट विराटनगर बसपार्क तर्फ आउदै गर्दा अगाडी कुदिरहेको को १ ज ३७५९ म्याजिक भेनलाई को १ ख ४५६७ नम्बार याुत्रबहाक बसले ठक्कर दिएको थियो ।


घाईतेहरुमा विराटनगर जनपथ टोल बस्ने ४३ बर्षिय दिपाल श्रेष्ठ , विराटनगर ५ बस्ने ३६ बर्षिया सविता शर्मा र ५५ बर्षिय ज्ञानचन्द्र साह रहेका छन् । घाईते हुनेहरु सबै म्याजिक भेनका रहेका छन् । उनीहरुको अहिले विराटनगरको कोशी अस्पताल र नोवेल अस्पतालमा उपचार भईरहेको छ । ठक्कर दिने बसका चालक कानेपोखरी २ का ४२ बर्षिय स्याम चौधरीलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्