भोलीदेखि मिल्स गोल्डकप, पहिलो खेल सशस्त्र प्रहरी र उर्लाबारी बिच हुने

<span class='c1'>भोलीदेखि मिल्स गोल्डकप, पहिलो खेल सशस्त्र</span> <span class='c2'>प्रहरी र उर्लाबारी बिच हुने</span>

विराटनगर । प्रथम मिल्स गोल्डकप फुटबल प्रतियोगिता भोली शनिबारदेखि सुरू हुने भएको छ । विराटनगर– १६ मा रहेको मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।


प्रतियोगिताको उद्घाटन दिनको पहिलो खेल सशस्त्र प्रहरी बल पूर्वाञ्चल र उर्लाबारी फुटबल क्लब मोरङ बिच प्रतिस्पर्धा हुने भएको छ । विराटनगर जुट मिल्सको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले गर्नेछन् ।
चैत ७ देखि १४ गतेसम्म प्रथम मिल्स गोल्डकप संचालन हुनेछ । उद्घाटनको दिन हुने प्रतियोगिताको बिजेता टिमले चैत ९ गते हुने १ नं. प्रदेश प्रहरी कार्यालय रानी मोरङ र एलेभेन एरोज क्लब दुहबी सुनसरीको बिजेता टिमसँग प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा प्रदेशभरीका ८ टिमको सहभागि रहेको ट्रष्टका अध्यक्ष किशोर शाहीले जानकारी दिए ।
प्रतियोगितामा प्रदेश १ को सशस्त्र प्रहरी बल पूर्वाञ्चल, १ नम्बर प्रदेश प्रहरी कार्यालय, मोरङको उर्लाबारी फुटबल क्लब, विराटनगरको साइनो स्पोर्ट्स क्लब, सुनसरी दुहबीको एलेभेन एरोज क्लब, उदयपुरको गाईघाट फुटबल क्लब, सुनसरीको धरान सिटी फुटबल क्लब र झापाको सताक्षीधाम स्पोर्ट्स क्लबको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार रुपैयाँको साथै ट्रफि र उपविजेताले नगद ७५ हजार रुपैयाँका प्राप्त गर्ने ट्रष्टका कोषाध्यक्ष विष्णु डंगोलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्