मिष्टर एण्ड मिस बिराटनगर २०७७ को फाइनल सोमबार

मिष्टर एण्ड मिस बिराटनगर २०७७ को फाइनल सोमबार

विराटनगर
आकृति रानि फुयल
मिष्टर एण्ड मिस बिराटनगर २०७७ को फाइनल यहि चैत ९ गते सोमबार हुने भएको छ। उक्त कार्यक्रम बिराटनगर स्थित जैन भवनमा हुने आयोजकले जनाएको छ । अडिसनबाट छानिएका उत्कृष्ट सहभागिहरू मध्ये फाइनलमा २५/२५ जना छनौट गरिएको निर्देशक रौनक अग्रवालले जानकारी दिएका छन् । बिजेता हुने मिस्टर र मिसले जनही ५१ हजार रुपैयाँको साथै विभिन्न गिफट ह्याम्पर समेत प्राप्त गर्ने कार्यक्रम व्यवस्थापन अध्यक्ष आकाश कार्किले जानकारि दिए। कार्यक्रमको कोरियोग्राफि पूर्वेली सुपर मोडलका बिजेता मोनिला लिम्बुले गरेकि छिन् । प्रतियोगितामा १५ देखि २५ वर्ष उमेरका अबिवाहित युवा, युवातीहरूले भाग लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्