`मनिता विश्वास सम्मान पुरष्कार -२०७७´ बाट दुई श्रष्टा सम्मानित हुँदै

`मनिता विश्वास सम्मान पुरष्कार -२०७७´ बाट  दुई श्रष्टा सम्मानित हुँदै

विराटनगर
आकृति रानि फुयल
विराट आदर्श साहित्य मंच विराटनगरले `मनिता विश्वास सम्मान पुरष्कार -२०७७´ बाट दुईजना श्रष्टालाई सम्मान गर्ने भएको छ। सम्मानित हुनेमा बिराटनगरका साहित्यकार भेषराज पोखरेल र पोखराका प्रकट पंगेनि `शिव´ रहेका छन् ।
उक्त अवसरमा सम्मानित श्रष्टालाई जनहि रु पाँच हजार ५१ रुपैयाँ नगद सहित सम्मान गर्ने र सम्मनित श्रष्टाका रचनाहरु समेत प्रस्तुत गरिने मञ्चका अध्यक्ष कट्वाल दिपकले जानकारी दिए।
मञ्चका सदस्य समेत रहेका दुहबि ७ सुनसरी भलुवा निवासि चन्द्रमोहन विश्वासले आफ्नो श्रीमतीको स्मृतिमा यहि चैत २८ गते एक कार्यक्रम `श्रष्टा र सृजना´को पाँचौ शृङ्खला वाचन तथा श्रष्टाहरुलाई सम्मान गर्ने बताएका छन् । उनको श्रीमतीको मृत्यु गत बैशाख ८ गते भएको थियो। विश्वासले यो सम्मानलाई आउँदा वर्षहरुमा पनि निरन्तरता दिइरहने जानकारी दिए। थारु भाषाका गितकार तथा पत्रकार समेत रहेका विश्वासको केहि गित रिलिज भैसकेका छन् भने केहि रिलिजको प्रक्रियामा रहेकोे उनलेे बताए ।
सम्मानित श्रष्टा मध्ये बिराटनगरका पोखरेल भन्छन् ,२०५३ सालमा मधुपर्क साहित्यिक पत्रीकाबाट पहिलोपटक नेताजिको भाषण प्रकाशित गरि सुरु भएको मेरो साहित्यिक यात्राको अवधिमा आज मेरा रचनाहरु विभिन्न सामाजिक संजाल मार्फत मेरा दर्शक,श्रोता माझ पुर्याउदै छु सायद त्यसैलाई आधार मानेर यो सम्मानको लागि मञ्चले मलाई चुनेको होला भन्दै खुशि व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्