विराटनगरमा मैथिल संचारकर्मी एक जुट हुदै, नया पदाधिकारीलाई बदाई तथा शुभकामना

विराटनगरमा मैथिल संचारकर्मी एक जुट हुदै, नया पदाधिकारीलाई बदाई तथा शुभकामना

विराटनगर । मैथिली भाषा संरक्षणकालागि थप एकजुटता आवश्यक रहेको विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।
नवगठित मैथिल संचारकर्मी संघका पदाधिकारीलाई बधाई तथा शुभकामना ज्ञापनगर्न नेपाल पत्रकार महासंघ मोरङ शाखामा शनिवार आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन । मैथिल ब्राह्मण महासभा यूवा कार्यसमिति मोरङले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै मैथिली सेवा समितिका महासचिव तथा आयोजक संस्थाका सल्लाहकार विपुलेन्द्र झाले पछिल्लो समय भाषाभाषीलाई टुक्राउने खेल भइरहेकाले सजग तथा संगठित भएर अघि बढनुपर्ने आवश्यकता रहेको बताउनुभयो । संचारकर्मी तथा मैथिली अभियन्ता प्रवीणनारायण चौधरीले संचारकर्ममा जुटेका मैथिली संचारकर्मीहरुले आगामी जनगणना लक्षित कार्यक्रम तथा अभियानहरु चलाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।


मैथिल संचारकर्मी संघका अध्यक्ष नवीन कर्णले नवगठित संघले संचारकर्मीहरुको क्षमता अभिबृद्धि तथा बृति विकासका निम्ति काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । आगामी दिनमा संघले भाषा सम्बन्धित विभिन्न अभियानहरु संचालन गर्ने बताउनुहुँदै उहाँले त्यसमा सरोकारवालाको सहभागिता र समर्थन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमका अन्य सहभागि वक्ताहरुले मैथिली भाषाको आफ्नै लिपी,ब्याकरण,साहित्य र ईतिहास समेत रहेकाले यो भाषा हरेक हिसाबले समृद्ध रहेको बताएका थिए । यद्यपि पछिल्लो समय भाषाभाषीमा फुट ल्याउने तथा कमजोर बनाउने प्रयास भइरहेको भन्दै त्यसबिषयमा सजग रहनुपर्ने उनिहरुले सुझाव दिएका थिए । पत्रकार नवीन कर्णको अध्यक्षतामा वितेको फागुन २९ गते मोरङलाई कार्यक्षेत्र बनाई सक्रिय २४ सदस्यिय मैथिल संचारकर्मी संघको तदर्थ समिति गठन भएको हो । संघको उपाध्यक्षमा प्रकाश प्रेमी र महिला उपाध्यक्षमा कुमारी श्रेया हुनुहुन्छ । संघको सचिवमा वीरेन्द्रकुमार साह,सहसचिवमा उषाकुमारी सरदार र कोषाध्यक्षमा राकेश कर्ण हुनुहुन्छ ।

यसैगरि सदस्यहरुमा सन्तोष मेहता,शिवम मिश्र,निरज चौधरी,प्रेम यादव,प्रियंका कामत,राधा मण्डल,हुसैन शेख र पवन साह हुनुहुन्छ । संघको सल्लाहकारहरुमा ब्रह्मदेव यादव,अरबिन्द मेहता,प्रवीणनारायण चौधरी,जीतेन्द्र ठाकुर,तेजलाल कर्ण,पुनम सिंह र अमलेश कर्ण हुनुहुन्छ । नेपाल पत्रकार महासंघका पुर्व राष्ट्रिय अध्यक्ष धर्मेन्द्र झाको प्रमुख आतिथ्यमा गठन गरिएको संघमा पत्रकार बरुण मिश्रा अन्र्तराष्ट्रिय सल्लाहकारको जिम्मेबारी ग्रहण गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्