जी.पी कोइराला फाउण्डेसन महानगरमा जोशी,फाउण्डेसनलाई सक्रिय बनाउदै लाने

जी.पी कोइराला फाउण्डेसन महानगरमा जोशी,फाउण्डेसनलाई सक्रिय बनाउदै लाने

विराटनगर । नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित जी.पी कोइराला फाउण्डेसन विराटनगर महानगरको अध्यक्षमा प्रविण जोशी मनोनित भएका छन् ।
शनिबार विराटनगर स्थित कोइराला निवासमा आयोजित एक कार्यक्रमका विच फाउण्डेसन प्रदेश १ का अध्यक्ष शैलेन्द्र शिवाकोटी र मोरङ जिल्ला अध्यक्ष कौशल निरौलाले जोशीलाइ फाउण्डेसनको विराटनगर महानगर अध्यक्षमा मनोनित गरेका हुन् ।
यस्तै फाउन्डेसनको उपाध्यक्ष अरूण खेतान,सचिव प्रकाश साह,सहसचिव लिला ढुङ्गेल,कोषाध्यक्ष प्रिति कोइराला मनोनित भएका छन् । यसैगरी सदस्यहरूमा सुजन निरौला ,रियाज अहमद,दिपक भट्टराई ,शिरोमणी भट्टराई रहेका छन् ।
यस्तै फाउण्डेसन मोरङको रिक्त कोषाध्यक्षमा नमिता आचार्य मनोनित भएकी छन् । अध्यक्ष जोशी सामाजिक तथा ब्यबसायीक ब्याक्ति हुन् । कार्यक्रममा फाउन्डेसन प्रदेश १ का अध्यक्ष शैलेन्द्र सिवाकोटी ,मोरङ अध्यक्ष कौशल निरौला ,सामाजिक अभियन्ता सावित्री पुरी लगायतका व्यक्तिहरूले आ आफ्ना धारणा व्यक्त गरेका थिए ।

मनोनित जोशीद्धारा आगामी दिनमा जि.पि फाउण्डेशनलाई सक्रिय रुपमा अगाडी बढाउदै लैजाने प्रतिवद्धता जाहेर गरे ।
यस्तै फाउन्डेसनले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसमा विराटनगर स्थित आफ्नै भवनमा दीप प्रज्वलन गर्नका साथै तस्बिरमा माल्यार्पण गरेको छ । त्यसैगरी कांग्रेस नेता अशोक कोइरालाको निधनमा शोक ब्यक्त गरेकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्