वरिष्ठ कलाकार आशावादीको जन्मजयन्तीमा विराटनगरमा सांस्कृतिक नृत्य

<span class='c1'>वरिष्ठ कलाकार आशावादीको जन्मजयन्तीमा</span> <span class='c2'>विराटनगरमा सांस्कृतिक नृत्य</span>

विराटनगर । वरिष्ठ कलाकार चतुर्भुज आशावादीको ७७ औं जन्मजयन्तीको अवसरमा भानु कला केन्द्रले विभिन्न जातीय सांस्कृतिक नृत्य प्रस्तुत गरेको छ ।


विराटनगर सन्सारी माईस्थानस्थित भानु कला केन्द्रमा आयोजित कार्यक्रममा विराट राजवंशी, सन्थाल, धिमाल, झागड लगायतका जातीय सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा धरानस्थित सरस्वती कला केन्द्रका कलाकारहरुले समेत सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा भानु कला केन्द्रका कलाकार दीपेन्द्र थापा, मनोज राजवंशी, अर्पिता श्रेष्ठ, रचना श्रेष्ठ, सपना साह, साक्षी कँडेल, एभिनिजा श्रेष्ठलगायतले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए ।


कार्यक्रममा प्रदेश–१ को सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले भाषा, कला र संस्कृतिको विकासका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।
भाषा, कला र संस्कृतिको जगेर्ना गर्न छुट्टै बजेट छुट्याएर काम गरेको उल्लेख गर्दै उहाँले त्यसको परिणाम विस्तारै देखिँदै जाने उल्लेख गर्नुभयो । कार्यक्रममा प्राज्ञ खेम नेपाली, विराटनगर–१० का वडाध्यक्ष माधव वाग्ले, कवि एवं पत्रकार मीनकुमार नवोदित, आयोजक संस्थाकी अध्यक्ष माया पौडेल ‘आशावादी’, सचिव प्रचण्ड पौडेल, तीनटोलिया सेवा समाज समितिका अध्यक्ष डिकेन्द्र राउतलगायतले संस्कृति र कलाको विकासमा चतुर्भुज आशावादीको योगदानको चर्चा गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्