विराटनगरमा भएको प्रथम ‘विराट राजा कप’ क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरले चुम्यो

<span class='c1'>विराटनगरमा भएको प्रथम ‘विराट राजा कप’</span> <span class='c2'>क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरले चुम्यो</span>

विराटनगर । प्रथम ‘विराट राजा कप’ नकआउट क्रिकेट प्रतियोगिताको उपाधि वाइआरसीसी क्रिकेट क्बल विराटनगरले जितेको छ ।
झटियाही युवा क्लबले विराटनगर १८ मा आयोजना गरेको क्रिकेट प्रतियोगिताको शनिबार भएको फाइनलमा बजाज युथ क्रिकेट क्लब राजविराजतलाई पराजित गरि विराटनगरले उपाधि जितेको हो ।
जितसँगै विराटनगरले नगद ७१ हजार रुपैयाँको साथै ट्रफि प्राप्त ग¥यो । उपबिजेता बनेको राजविराजतले नगद ३१ हजार रुपैयाँमा चित्त बुझायो ।
२ सय ५० रनको बिजय लक्ष्य पन्छ्याएको राजविराजले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७ रन मात्र जोड्न सक्यो ।
टस जितेर ब्याटिङ रोजेको विराटगनरले निर्धिारित २० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन जोडेको थियो । विराटनगरका लोकेश बमले २६ बलमा ८० र सिद्धान्त लोहनीले ३१ बलमा ५२ रनको योगदान गरे । विराटनगरका सरवर्ण यादवले ४ ओभर बेलिङ गर्दा २० रन दिएर ५ विकेट लिन सफल भए । फाइनल खेलको म्यान अफ दी म्याच सर्वाधिन ८० रन बनाउने विराटनगरका लोकेस बम घोषित भए ।


फागुन १९ गतेदेखि सुरू भएको क्रिकेट प्रतियोगितामा १६ वटा क्रिकेट टिमेको सहभागि रहेको झटियाही युवा क्बलका अध्यक्ष देवराज पंजीयारले जानकारी दिए ।

बिजेता हुने टिमलाई विराटनगर महानगरपालिका कार्यकारी अधिकृत उमेश बस्नेत, जसपा मोरङका अध्यक्ष राजकुमार यादव, काँग्रेसका नेता राजेश गुप्ता, विराटनगर १८ का कार्यभाव अध्यक्ष राजु यादव, क्बलका पंजीयार, उपाध्यक्ष बिध्यानन्द साह, सचिब विक्रम साह, कोषाध्यक्ष बब्लु मण्डल, समाजसेवी कार्तिक कुमार यादव, हरिनारायण साह, उमेश प्रसाद साह, जयशंकर पंजीयार लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्