दमकको चिया बगानमा सवारी दुर्घटना हुदा २ को मृत्यु, ३ घाइते

दमकको चिया बगानमा सवारी दुर्घटना हुदा २ को मृत्यु, ३ घाइते

विराटनगर । झापाको दमकमा भएको सवारी दुर्घटनामा दुईको मृत्यु ३ जना घाईते भएका छन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत झापाको दमक नगरपालिका–४ चिया बगानमा शनिबार बेलुका तीन जना सवार रहेको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा भएको दुर्घटनामा परेर मोटरसाइकलमा सवार मोरङको रतुवामाईका दुई जनाले ज्यान गुमाएका हुन् । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क १०८२ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १ –०२–०४४ प ८१३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा परेर रतुवामाई नगरपालिका–८ का २३ वर्षीय निरन बस्नेत र २४ वर्षीय अनिष कोइरालाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी नवराज कार्कीले जानकारी दिए । मृतकमध्ये बस्नेत मोटरसाइकल चालक हुन् । कोइराला पछाडि बसेका थिए । दुर्घटनामा परेर दुवै जना गम्भीर घाइते भएका थिए । बस्नेतको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा साँझ ७ः४० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै उपचारका लागि दमककै लाइफलाइन अस्पताल लैजाँदै गर्दा कोइरालाको बाटैमा मृत्यु भएको हो ।
मोटरसाइकलको बीचमा रहेका रतुवामाईकै १८ वर्षीय हर्षित बास्तोला गम्भीर घाइते भएको जानकारी डीएसपी कार्कीले दिए । उनका अनुसार बास्तोलाको बी एण्ड सी अस्पतालमै उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्