मोरङको कटहरीमा टिपरले साईकल यात्रीलाई ठक्कर दिदाँ एक मृत्यु

मोरङको कटहरीमा टिपरले साईकल यात्रीलाई ठक्कर दिदाँ एक मृत्यु

विराटनगर । मोरङको कटहरीमा आईतबार बेलुका टिपरले साईकल यात्रीलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ ।

कटहरी चौक भन्दा ५० मिटर पुर्व रंगेलीबाट विराटनगर तर्फ आउदै गरेको आउदै गरेको को १ ख ४७८३ नम्बरको ट्रिपरले साईकल यात्रीलाई ठक्कर दिएको थियो । मृत्यु हुनेमा कटहरी गाँउपालीका २ का ३६ बर्षिय बच्चु डुम रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता मान बहादुर राईले जानकारी दिनुभयो । टिपर चालक ईटहरी १४ का २८ बर्षिय मुकेश चौधरीसहित टिपरलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्