मोरङमा एकैदिन तीनवटा बीओपीको उद्घाटन

मोरङमा एकैदिन तीनवटा बीओपीको उद्घाटन

विराटनगर ।
मोरङमा एकैदिन तीनवटा बीओपीको उद्घाटन विराटनगर । मोरङमा एकै दिन सशस्त्र प्रहरीका तीनवटा बिओपी (बोर्डर आउट पोस्ट) को उद्घाटन गरिएको छ । मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टी, रङ्गेली नगरपालिका–५ धनापट्टी र रतुवामाई नगरपालिका–३ मिर्चाडाँगीमा स्थापना गरिएका तीनवटै बिओपीको उद्घाटन गरिएको हो ।

एक कार्यक्रमका बीच सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डिआईजी वंशीराज दाहाल, मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला र सुनवर्षी नगरपालिकाका मेयर कालीप्रसाद दासले संयुक्तरूपमा उद्घाटन गरेपछि औपचारिकरूपमा तीनवटै बिओपी सञ्चालनमा आएका छन् ।
कार्यक्रममा मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्का, सशस्त्र प्रहरी प्रमुख एसपी तीर्थ पौडेल, इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक अनमोल खड्कासहित जनप्रतिनिधि, सामाजिक अगुवा एवम् स्थानीय बासिन्दाको उपस्थिति थियो । तत्काल सबै युनिटमा प्रहरी नायब निरीक्षक ९सइ०को नेतृत्वमा टोली राखिएको छ । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा उपस्थिति बढाउन स्थापना गरिएका बिओपीमा क्रमशः जनशक्ति व्यवस्थापन र थप गर्दै जाने योजना छ ।

सीमा क्षेत्रको सुरक्षा व्यवस्था मजवुत बनाउने उदेश्यले अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा सुरक्षा उपस्थिति बढाउँदै लैजाने सरकारको नीतिअनुरूप बिओपी स्थापना गरिएको डिआइजी दाहालले बताए । उनका अनुसार राष्ट्रिय सुरक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सीमा अतिक्रमण, अन्तर्राष्ट्रिय आतङ्कवादी समूहको घुसपैठ, अवैध हतियार र गोलीगट्ठा तथा विष्फोटक पदार्थको ओसारपसार नियन्त्रण सशस्त्रको मुख्य प्राथमिकतामा रहेका छन् ।

‘पिलरभन्दा सिमानाका नागरिकले ठूलो पिलरको काम गर्दै आफ्नो सीमाको रक्षाका लागि अथक मिहिनेत गरिरहेको कुरा कसैले भुल्न हुँदैन,’ प्रजिअ निरौलाले भने, ‘त्यही भएर सीमा रक्षामा अहोरात्र खटिने नागरिकको सुरक्षा गर्ने राज्यको दायित्वअन्तर्गत सुरक्षाकर्मीको उपस्थिति बढाउन धमाधम बिओपी स्थापना भइरहेका छन् ।’
मेयर दासले भारतीयका कारण सीमाका बासिन्दा वर्षौदेखि पीडित भइरहेको अवस्थामा बिओपी स्थापनाले ठूलो राहत मिलेको बताए । ‘उता ९भारत०को हेपाहा प्रवृत्तिको सिकार नेपालका बासिन्दा हुनु परिरहेको थियो,’ उनले भने, ‘जसले नेपालको विकास र शान्तिमा ठूलो असर पुगिरहेको महसुस हुन्थ्यो ।’ तर अब सीमामा सशस्त्रको उपस्थिति बढाइएका कारण त्यो अवस्थाको अन्त्य भई सुरक्षाको प्रत्याभूति हुने भएपछि सीमा क्षेत्रका बासिन्दा हर्षित बनेको दासको भनाइ छ ।

नेपाल सरकारले भारत तथा चीनसँग सीमा जोडिएका स्थानमा चालू आर्थिक वर्षभित्र एक सय १४ वटा थप गर्दै मुलुकभर बीओपीको संख्या दुई सय २१ वटा पु¥याउने लक्ष्य लिएको छ । डिआईजी दाहालका अनुसार प्रदेश १ मा चालू आर्थिक वर्षको हालसम्म नयाँ २२ वटा बिओपी स्थापना भएर सञ्चालनमा आइसकेका छन् । प्रदेशमा थपिएका सहित जम्मा बिओपी सङ्ख्या ५१ पुगेको दाहालले बताए । जसमा भारततर्फ ४९ र चीनतर्फ दुईवटा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्