कान्छा मृत्यु प्रकरण : हत्या भएको परिवारको दावी, प्रहरी भन्छ–गम्भिर रुपमा अनुसन्धान गरिहेका छौ

कान्छा मृत्यु प्रकरण : हत्या भएको परिवारको दावी, प्रहरी भन्छ–गम्भिर रुपमा अनुसन्धान गरिहेका छौ

प्रेम देवान
विराटनगर । विराटनगर–३ आयल निगम पूर्व घर भएका ३५ वर्षीय कान्छा भनिने नितेशकुमार राईको हत्या भएको दाबी गर्दै निष्पक्ष छानविन गरि दोषिलाई कारवाही गर्न परिवारले माग राखेका छन् । गत शुक्रबार बिहान कान्छाको विराटनगर १९ धनपुरामा मृत अवस्थामा शव भेटिएको थियो । शव भेटिएको स्थान राईको घरदेखि करिब दुई किलोमिटर पूर्वमा पर्दछ । मृतकका आफन्तले घटनाको अनुसन्धान गरि सत्यतथ्य बाहिर नल्याएसम्म शव नबुझ्ने बताएका छन् । कान्छाको शव अझै पनि विराटनगरस्थित कोशी अस्पतालको शव गृहमा राखिएको छ ।

घटनाको सत्यतथ्य प्रहरी प्रशासनले बाहिर नल्याएसम्म शव नबुझने मृतकका आफन्तले अडान कायम गरेको कारण कान्छाको शव कोशी अस्पतालको शवगृहमा ४ दिनदेखी छ । यता मृतक राई कान्छाकी श्रीमती लक्ष्मी राईले मेरो श्रीमानको हत्यारा प्रहरी प्रशासनले जतिसक्दो चाडो पत्ता लगाएर आफुहरुलाई न्याय दिलाउन माग राखेकिछन् । आफ्नो ४ बर्षे छोरो देखाउदै भनिन् घरमा कमाउने मान्छे उनै थिए अब हामी कसरी बाच्ने । यता मृतककी आमा तुला माया राईले अन्तिम पटक आफुलाई चप्पल किनेर ल्याइदिएको बताईन् । ‘बिहीबार बेलुका ४ बजे घरबाट निस्किएको छोरो भोलीपल्ट मरेको कुरा सुनियो आमाले रुदै सुनाईन् । बुढेसकालको समयमा कहिले के खानेकुरा कहिले के किनेर ल्यादिन्थ्यो अब हामीलाई कसले ल्याईदिन्छ ।

कान्छाको शरिरमा निलडाम रहेको तथा नाक, बङ्गारा र अनुहारमा चोटपटक पनि देखिएकोले मृत्यु स्वभाविक नभएर हत्या नै भएको परिवार , आफन्त र छरछिमेकीले भन्दै आएका छन् । ‘प्रहरी प्रशासनले घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गर्दै टोलछिमेकहरु भेला भई घटनाको वास्तविक कुरा बाहिर ल्याउनु पर्ने आवाज उठाउदै आएका छन् । कान्छा कसैसंग पनि नरिसाउने सबैसँग मिल्ने खालको थियो । उनलाई आत्माहत्या गर्नुपर्ने अवस्था नै थिएन छिमेकीहरु भन्छन् ।

मोरङ प्रहरीले अपराध अनुसन्धानमा पोख्त मानिएका डिएसपी मन्जिल मुकारुङको नेतृत्वमा घटनाको अनुसन्धान सुरु गरेको छ । घटना स्थल वरपरका आशकका गरिएका र उनीसँग नजिक रहेका साथीहरुसँग प्रारम्भीक चरणको लागी सोधपुछ तथा अनुसान्धान पनि भईरहेको छ । मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले यस घटनामा प्रहरी गम्भिर रूपमा अनुसन्धनामा जुटेको जानकारी दिनुभयो । ‘पोस्मार्टम गरेपछि भिसेरा गर्न प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएको र रिपोर्ट आउन बाँकी छ । रिपोर्ट आएपछि घटनाको सबै विषय बाहिर आउँछ,’ एसपी खड्काले भन्नुभयो । प्रहरीका अनुसार घटनामा प्रहरीले सबै कोणदेखि अनुसन्धान सुरू गरेको छ । ‘हामीले पविारजले शंका गरेका व्यक्तिदेखी अन्य आशंका गरिएका व्यक्तिहरुलाई अनुसन्धान गरिहेकोछौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्