भारतको जेलबाट ४० वर्षपछि घर फर्किएका इलामका तिम्सिनाको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने

भारतको जेलबाट ४० वर्षपछि घर फर्किएका इलामका तिम्सिनाको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने

विराटनगर। भारतीय जेलबाट ४० वर्षपछि छुटेका इलामका माइनगरपालिका–१० लुम्बकका दुर्गाप्रसाद तिम्सिनाको उपचार प्रदेश सरकारले गर्ने भएको छ । जेलबाट छुटेर आफ्नो घर फर्किसकेका तिम्सिनाको स्वास्थ्य उपचारका सम्पूर्ण खर्च प्रदेश सरकारले बेहोर्ने भएको हो ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा सामाजिक विकास मन्त्री हिक्मत कार्कीले तिम्सिनाको स्वास्थ्य उपचार र थप क्षतिपूर्तिका लागि सरकारकातर्फबाट सहयोग तथा समन्वय गर्ने बताउँदै जिल्ला प्रशासन कार्यालय इलामका प्रमुख जिल्ला अधिकारीमार्फत परिवारसम्म मंगलबार सन्देश पठाउनु भएको हो ।

इलामका प्रमुख जिल्ला अधिकारी ध्रुव खड्काका अनुसार मन्त्री कार्कीको सन्देश मंगलबार नै परिवारसम्म पु¥याइएको छ । मन्त्रीज्यूले भने अनुसार दिउँसै उहाँ (दुर्गाप्रसाद) का आफन्तसम्म सन्देश पुगेको छ, प्रमुख जिल्ला अधिकारी खड्काले भन्नुभयो–आफन्तहरु अहिले बारम्बार हाम्रो सम्पर्कमा रहनु भएको छ ।

सरकारी सहयोग प्राप्त गर्नका लागि पहिलो चरणमा उहाँको नागरिकता बनाउने काम जिल्ला प्रशासन कार्यालय इलामले गर्नेछ । मंगलबार नै इलामका प्रमुख जिल्ला अधिकारी खड्का माइनगरपालिका–१० नम्बर वडालाई कानुनी प्रक्रिया पु¥याएर नागरिकता प्राप्तका लागि आवश्यक सिफारिस बनाउन निर्देशन दिईसक्नु भएको छ ।

प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय अन्तर्गत तिम्सिनाको उपचार खर्च बेहोर्ने र उपचार गराउने जिम्मेवारी लिने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले क्षतिपूर्तिका लागि संघीय सरकारसँग सहयोगका लागि समन्वय गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्