होलिमा भीडभाड नगर्न आग्रह

होलिमा भीडभाड नगर्न आग्रह

विराटनगर । कोरोना संक्रमणको संभावित जोखिम बढ्ने निष्कर्षसहित झापामा स्वास्थ्य सावधानीसहित होलि खेल्नका लागि आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले होलिमा जमघट तथा भीडभाड नगर्न र स्वास्थ्य सुरक्षा मापदण्ड निरन्तर पालना गर्न आग्रह गरेको हो ।

जिल्लास्थित कोभिड–१९ क्राईसिस मेनेजमेन्ट समितिको मंगलबार बसेको बैठकले नियमित मास्क लगाउन, हातधुन र सेनिटाइजरको प्रयोगलाई निरन्तरता दिन आग्रह समेत गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्