फाउण्ड नेपालद्वारा एकदिने कार्यशाला गोष्ठी सम्पन्न

<span class='c1'>फाउण्ड  नेपालद्वारा एकदिने</span> <span class='c2'>कार्यशाला गोष्ठी सम्पन्न</span>

विराटनगर

प्रशिक्षार्थी पत्रकार /आकृति रानी फुयल

नेपाल अपाङ्ग महासंघ प्रदेश १ विराटनगर ,नेपाल उद्योग बाणिज्य महासंघ र द लेप्रोसी मिसन नेपालको संयुक्त साझेदारीमा संचालित फाउन्ड परियोजनाले एक वर्ष पुरा गरेको छ। उक्त अवसरमा एक वर्ष भित्र परियोजनाले गरेका कृयाकलापहरुको बारेमा अन्तरकृयात्मक कार्यक्रम संचालन गरेको थियो । उक्त कार्यक्रम सामाजिक विकास मन्त्रालयको भवनमा सम्पन्न भएको थियो।

कार्यक्रमको अवसरमा सम्बन्धित संघसंस्थाहरु संग छलफल गर्दै क्लष्टर मेनेजर विपिन दासले एक अन्तरक्रियात्मक कार्यक्रम राखी यस एक वर्षको अवधि भित्र संस्थाले गरेका क्रियाकलापहरुको प्रगति एवं समग्र सिकाईका बारेमा अन्तर कृया गरि परियोजनाका सिकाइ आदानप्रदानको जानकारी दिदै सहभागीहरुको प्रश्नको उत्तर समेत दिएका थिए ।
उक्त कार्यक्रमको अध्यक्ष्यता राष्ट्रिय अपाङ्ग महासंघ १ कि अध्यक्ष पार्वता श्रेष्ठले गरेकी थिइन् भने प्रमुख अतिथिमा सामाजिक विकास महाशाखा प्रमुख (उप सचिव )दुर्गा भण्डारी रहेकी थिइन्।
त्यसैगरी अतिथिहरुमा क्रमश : नेपाल नेत्रहीन संघका कोषाध्यक्ष सन्तोष पण्डित, सामर्थ्य समाज बिराटनगरका अध्यक्ष चेतनाथ पोखरेल,बिराटनगर महानगरपालिका महाशाखा प्रमुख सरोज गौतम , नेपाल पत्रकार महासंघ मोरङ शाखा अध्यक्ष बन्धु पोखरेल ,सि आर भिका नबिन दहाल ,कोशि बहिरा संघका महासचिव रन्जन निरौला ,सामाजिक विकास महाशाखा प्रदेश १ का निमित्त सचिव कृष्ण पोखरेल ,करुणा फाउन्डेसन का प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रम राष्ट्रिय अपांग महासंघ विराटनगरका कार्यक्रम संयोजक विमल बस्नेतले संचालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्