ट्याक्सी दुर्घटना हुँदा सवार एकको मृत्यु

ट्याक्सी दुर्घटना हुँदा सवार एकको मृत्यु

विराटनगर । पाँचथर फाल्गुनन्द–५ सुलुम्फी स्थितमा ट्याक्सी दुर्घटना हुदा सवार एकको मृत्यु भएको छ । मृत्यु हुनेमा ईलाम फाकफोकथुम–७ एकतप्पाका २२ बर्षीय पदम लिम्बु रहेका छन ।

पाँचथरबाट झापातर्फ आईरहेको मे १ ज ४१६ नम्वरको ट्याक्सी बुधबार बिहान पौने ११ बजे उकालोमा अचानक ब्रेक फेल भई रोडको साईटमा पल्टिदा सवार लिम्बु गम्भिर घाईते भएका थिए । घाइते लिम्बुलाइ तत्काल उपचारार्थ जिल्ला अस्पताल पाँचथर लाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्