विराटनगरमा १० सहित प्रदेश १ मा  बुधबार एकैदिन १३ जनामा कोरोना संक्रमण

विराटनगरमा १० सहित प्रदेश १ मा  बुधबार एकैदिन १३ जनामा कोरोना संक्रमण

विराटनग । प्रदेश १ मा बुधबार एकैदिन १३ जनामा कोरोना संक्रमण देखिएको छ । मोरङमा १० र सुनसरीमा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा १०, सुनसरीको इनरुवामा २ र धरानमा १ पुरुषमा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज ३२२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७ पुरुष र ६ महिलाको रिपोर्ट पाजेटिभ आएको हो । प्रदेश १ मा हालसम्म २ लाख २८ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ३० हजार ३०७ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमण देखिएका मध्ये २९ हजार ७९७ जना डिस्चार्ज भएका छन् । ४४ जना आईसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमण देखिएका मध्ये ४६६ जनाको मृत्यु भएकोे छ ।
प्रदेश १ मा कोभिड १९ विरुद्धको खोप २ लाख ९८ हजार ८५३ लाई लगाईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्