विराटनगरको जतुवामा आगलागी एक घरसहित चार गोठमा क्षति

विराटनगरको जतुवामा आगलागी एक घरसहित चार गोठमा क्षति

विराटनगर । विराटनगर १४ जतुवा स्थित यादव टोलमा बुधबार दिउँसो आगलागी हुँदा एउटा घर जल्नुका साथै ४ वटा गाईगोठ जलेर पूर्ण नष्ट भएको छ । आगलागीबाट रमेश यादवको घरसँगै गाईगोठमा आगालागी हुँदा २ वटा भैसी, ४० मन गहु जलेर नष्ट भएको छ ।

त्यसैगरी मन्तलाल यादवको गोठसँगै २५ मन गहुँ ,धान १० मन साईकल २ थान र एक सिलिन्डरमा क्षति पुगेको छ । त्यसैगरी सोही ठाँउका सन्तलाल यादव र वसन्त यादवको गाईगोठसँगै ३० मन गहुँ जलेर नष्ट भएको छ ।
आगलागी विराटनगर महानगरपालिकाको दमकलले नियन्त्रण लिएर अरु क्षति हुनबाट जोगाएको छ । आगलागीबाट करिब २ लाख बराबारको क्षति भएको ईलाका प्रहरी कार्यलय रानी विराटनगरले जनएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्