स्कुटर चोरेको आरोपमा मोरङको बुढिगंगाका दुईजना युवा पक्राउ

स्कुटर चोरेको आरोपमा मोरङको बुढिगंगाका दुईजना युवा पक्राउ

विराटनगर । इटहरी–६ धरानलाइन स्थित हिमालय बैंकको अगाडी पार्किङ गरिएको को ३७ प ८१०५ नम्बरको स्कुटर चोरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । बेलबारी–१० निवासी तुलसा धिमालको स्कुटर गत चैत ८ गते चोरी गरेर नम्बर प्लेट परिवर्तन गरि प्रयोग गरिरहेको अवस्थामा दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

सुनसरी र मोरङ प्रहरीको संयुक्त पहलमा मोरङको बुढिगंगा गाउँपालिका–२ का खगेन्द्र काफ्ले र अर्बिन मगरलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले उक्त स्कुटर चोरेर नम्बर प्लेट परिवर्तन गरिएको अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो । पक्राउ परेका दुवै विरुद्ध चोरी मुद्दामा अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्