होलिमा भीडभाड नियन्त्रण गर्ने प्रशासनको निर्णय, अनावश्यक भीडभाड गरिए कारवाही गरिने

होलिमा भीडभाड नियन्त्रण गर्ने प्रशासनको निर्णय, अनावश्यक भीडभाड गरिए कारवाही गरिने

विराटनगर । कोरोना भाइरसको संक्रमण पुनः बढ्दै जान थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभर होली पर्वमा हुने भिडभाडलाई रोक लगाएको छ । नजिकीएको होलि पर्वमा संक्रमण जोखिम झन् फैलन सक्ने ठहर गर्दै भीडभाड र जमघटमा रोक लगाउने निर्णय गरिएको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले नियमको उल्लंघन गर्नेलाई तत्काल कारवाही गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले कोरोना भाइरस संक्रमणको नयाँ लहर आएकोले होलीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने निर्णय भएको जानकारी दिनुभयो । परिवारका सदस्यबीचमा स्वास्थ्य मापदण्ड अपनाएर मात्रै होली मनाउन प्रशासनले सबैमा अनुरोध गरेको छ । होलीका अवसरमा मेला तथा विभिन्न कार्यक्रमहरु गर्न रोक लगाइएको छ । गृह मन्त्रालयको परिपत्र अनुसार सुरक्षा समितिले होलीमा कडाई गर्न लागेको हो ।

होलीलाई सुरक्षित र सङ्क्रमणरहित रुपमा सम्पन्न गर्न आवश्यक सुरक्षाकर्मी परिचालन गरिने मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो । कोरोना फैलन नदिन समुदायमा होली खेल्न रोक लगाइएको अवस्थामा जबरजस्ती र इच्छाविपरीत लोला हान्ने, रङ्ग दल्ने तथा अन्य गतिविधी गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही अघि बढाइने प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्