इटहरीमा भूमि सम्बन्धी समस्या समाधान खोजिने

इटहरीमा भूमि सम्बन्धी समस्या समाधान खोजिने

इटहरी । इटहरीमा भूमी सम्वन्धी समस्या समाधानका लागि अन्तरक्रिया गरिएको छ । इटहरी उपमहानरको आयोजनामा भूमी सम्वन्धी समस्या समाधानमा स्थानीय तहको भूमिका बिषयक अन्तरक्रिया गरिएको हो ।
इटहरीका सवै जनप्रतिनिधि, वडा सचिवहरु र राजनीतिक दलका प्रतिनिधिहरुको अन्तरक्रियामा सहभागिता रहयो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद सर्वध्वज सावाँले स्थानीय सरकारको काँघमा भूमी सम्वन्धी समस्या समाधान गर्ने ऐतिहासिक जिम्मेवारी आएको वताउनुभयो । उहाँले दु्रत गतिमा काम अघि वढाउनुपर्नेमा जोड दिनुभयो ।

इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले भूमी सम्वन्धी समस्या समाधान गरेर सुकुम्वासी विहिन नगर वनाउने सपना साकार वनाउने अवसरलाई सदुपयोग गर्ने वताउनुभयो । उहाँले गलत ब्यक्तिले फाइदा नउठाउन भनेर सजग रहनुपर्ने वताउनुभयो । उपप्रमुख लक्ष्मी गौतमले अन्तरक्रियाको उदेश्यमाथि प्रष्ट पार्नुभयो ।
उहाँले इटहरी उपमहानगरका प्रमुखको संयोजकत्वमा भूमि सम्वन्धी समस्या समाधान मूल समिति र वडाहरुमा वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय सहजिकरण समिति गठन गरिएको जानकारी दिनुभयो । कार्यक्रममा भूमी सम्वन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य गोपाल गुरागाईले आयोग गठनको उदेश्य र संवैधानिक कानुनी प्रवन्ध र स्थानीय निकायको दायित्वका वारेमा प्रष्ट पार्नुभयो ।

यसैगरि भूमी सम्वन्धी समस्या समाधान आयोग सुनसरीका अध्यक्ष खेमराज पोखरेलले भूमिहिन दलित,भूमिहिन सुकुम्वासी र अब्यवस्थित वसोवासी प्रमाणिकरणका आधारहरुका वारेमा जानकारी गराउनुभयो । यसैगरि भूमी सम्वन्धी समस्या समाधान आयोग मोरगका अध्यक्ष डिपि साम्पाडले भूमिहिन दलित,भूमिहिन सुकुम्वासी र अब्यवस्थित वसोवासीको लगत संकलन सम्वन्धी कार्यविधिका वारेमा प्रष्ट पार्नुभयो । भूमी सम्वन्धी समस्या समाधान आयोग सुनसरीका सदस्य सूर्य राईले सुनसरीमा आयोगले गरिरहेका कार्यका वारेमा जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्