प्रदेश १ को मन्त्रीपरिषद् विस्तार हुँदै, दिउँसो १ बजे सपथ गराउने तयारी

प्रदेश १ को मन्त्रीपरिषद् विस्तार हुँदै, दिउँसो १ बजे सपथ गराउने तयारी

विराटनगर । प्रदेश १ को मन्त्रीपरिषद् आज विस्तार गरिने भएको छ । मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गर्ने हुनु भएको हो । मुख्यमन्त्रीसहित चारवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएका मुख्यमन्त्रीले मन्त्रीलाई जिम्मेवारी दिने तयारी गर्नु भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले सम्हाल्दै आउनु भएको सामाजिक विकास मन्त्रालयको जिम्मेवारी समेत नयाँ मन्त्रिलाई दिने तयारी गरिएको छ ।

जगदिश कुसियतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हाल्दै आउनु भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी र भौतिक पूर्वाधार मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारीमा छ । राज्यमन्त्री राम राना मगर र अम्बिरबहादुर गुरुङलाई फुल मन्त्रीको जिम्मेवारी दिने भएको छ ।
दिउँसो १ बजे शपथग्रहणको कार्यक्रम राखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहाकार ध्रुव सुवेदीले जानकारी दिनुभयो । उहाँले नयाँ मन्त्रीहरुको विषयमा अन्तिम निर्णय गर्ने तयारी भईरहेको जानकारी दिनुभयो । नयाँ मन्त्रिमण्डलको लिस्टमा माओवादी केन्द्र छाडेका सांसद् टङ्क आङ्बुहाङदेखि माधव नेपाल समूह छाडेका सांसदहरू कला घले, राजकुमार ओझा, उषाकला राई लगायतको नाम छ । राईलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । आङ्बुहाङलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिने तयारी गरिएको छ ।

पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा तत्कालीन प्रचण्ड–माधव समूहका नेता तथा सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिनु भएको थियो । पुस १० गते मुख्यमन्त्री राईद्वारा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्