मुख्यमन्त्रि शेरधन राईद्वारा बिराटनगर सिटी फुटबल क्लबको उद्घाटन

<span class='c1'>मुख्यमन्त्रि शेरधन राईद्वारा बिराटनगर</span> <span class='c2'>सिटी फुटबल क्लबको उद्घाटन</span>

विराटनगर । मुख्यमन्त्रि शेरधन राईले बिराटनगर सिटी फुटबल क्लबको उद्घाटन गर्नु भएको छ । बिराटनगर सिटी फुटबल क्लब आसन्न नेपाल सुपर लिगमा प्रदेश १ को प्रतिनिधि गर्दैछ । गत हप्ता सम्पन्न अक्सनमा बिराटनगरले १४ खेलाडी पाएको थियो भने टोलीले विदेशी खेलाडी र प्रशिक्षक चाडै अनुबन्धन गर्दै छ।

उद्घाटन समारोहमा मुख्यमन्त्रि शेरधन राईले बिराटनगर सिटी फुटबल क्लबलाई बधाई तथा सुभकामना दिनुभएको छ। कल्बले प्रतियोगितामा सहभागी मात्र नभएर राम्रो प्रदर्शन पनि गर्ने जनाउनु भयो।
यस संगै बिराटनगर सिटी फुटबल क्लबले प्रदेश एकमै अभ्यास गर्ने हुदा र प्रदेश एकमै प्रशिक्षण गर्ने हुदा प्रदेश एकमा फुटबलको विकासका लागी निकै सहयोग पुग्ने जनाउनु भयो।
कार्यक्रम मा आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कुमार कार्की, विभिन्न नगरपालिकाहरुका प्रमुख (मेयर) हरु, पुर्वान्चल विश्व विद्यालयका उपकुलपति प्रो डा यादव राज कोइराला, पूर्व फुटबल खेलाडी बिष्णु बराल, मोरंग फुटबल संघ का अध्यक्ष दिपेन्द्र धिमाल, व्यवसायी हरु र अन्य अतिथि हरु समेत उपस्थित थिए।

क्लबका अध्यक्ष अनुप रंजन भट्टराईका अनुसार बिराटनगर सिटी फुटबल क्लबको मुख्यालय बिराटनगरमा नै स्थापना हुने छ। उद्घाटन समारोहमा बोल्दै भट्टराईले बताउनु भयो, “बिराटनगर र प्रदेश १ मा फुटबल प्रतिको मोह निकै गहिरो छ र यस प्रदेशमा फुटबलको विकासनै हाम्रो मुख्य लक्ष्य रहनेछ।“
प्रमुख कार्यकरी अधिकृत सुभाशिश कोइरालाका अनुसार टोलीमा नेपालका प्रख्यात र उदाउदै गरेका खेलाडीहरु रहनेछन् भने केहि अनुभवि बिदेशी खेलाडी हरु समेत समावेश गरिने छन्। यसै गरि, टोलिले नेपाल सुपर लिग प्रारम्भ हुनु अगाडी बिराटनगरमा नै प्रशिक्षण गर्ने भएको छ जसमा बिराटनगरका युवा खेलाडी हरुलाई समेत समावेश गरिने छ ।
क्लब व्यवस्थापनले बिराटनगर र समस्त प्रदेश १ लाई नै प्रतिनिधि गर्ने बिराटनगर सिटी फुटबल क्लबलाई साथ दिन सबै प्रदेश १ बासीहरुलाई अनुरोध पनि गरेको छ ।

टोलीले अक्सनबाट प्राप्त गरेका खेलाडी हरुः अशोक थापा, किशोर गिरि, बिक्रम धिमाल, सरोज दाहाल, सुनिल बल, सुरज जिउ ठकुरी, विजय धिमाल, सुर्य अधिकारी, सन्तोष तामांग, हेम तामांग, सुशील लामा, सुनिल खड्का, दिपक राई, निर कुमार राई रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्