शिक्षादिप कलेजद्धारा ५० लाख बराबरको छात्रवृत्ति प्रदान

<span class='c1'>शिक्षादिप कलेजद्धारा ५० लाख</span> <span class='c2'>बराबरको छात्रवृत्ति प्रदान</span>

विराटनगर । शिक्षादीप कलेज विराटनगरले कक्षा–१२ विज्ञान संकायतर्फ अध्ययनरत विद्यार्थीहरूलाई ५० लाख बराबरको छात्रवृत्ति प्रदान गरेको छ ।


कलेजले बिहीबार भव्य कार्यक्रमको गरेर कक्षा–१२ मा अध्ययनरत ५ सय ७५ मध्ये २ सय १६ जना विद्यार्थीहरूलाई ५१ लाख रूपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्यो। कलेजका जेहेन्दार मेधावी छात्रहरूलाई १० हजार रूपैयाँदेखि ९५ हजार रूपैयाँसम्मको छात्रवृत्ति प्रदान गरेको छ । कलेजको कक्षा–११ र १२ को विज्ञान संकायतर्फ अध्ययनरत ८० प्रतिशतभन्दा माथि अंक ल्याउने १ सय जना विधर्थीहरूलाईनगदसहित सम्मान गरेको छ। कलेजले कक्षा ११ र १२ को तर्फबाट प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई ५ हजार, ३ हजार र २ हजार नगदसहित प्रमाणपत्रले सम्मान गरेको छ ।

कलेजको कक्षा १२ तर्फ अध्ययनरत छात्रवृत्ति पाएका विद्यार्थीहरूले वार्षिक शुल्क तिरीसकेको अवस्थामा उनीहरूको शुल्क फिर्ता हुने कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले बताए खड्का विज्ञान संकायतर्फका कार्यक्रम संयोजक बसन्त बस्नेत, निर्देशक भूपेन्द्र दाहाल भूपी, रमेश मण्डल र सोम निरौलाले छात्रवृत्तिसहित उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई फुलको माला लगाएर नगद, प्रमाणपत्रसहित सम्मान गरेका थिए। शिक्षादीप कलेजले कोभिड–१९ महामारीका कारण विद्यार्थीहरूलाई बस भाडामा २५ प्रतिशत छुट दिइरहेको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्