प्रदेश १ का नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले लिए सपथ

प्रदेश १ का नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले लिए सपथ

विराटनगर । प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासिले शुक्रबार मन्त्रीहरुलाई शपथ गराउनु भएको हो । नवनियुक्त मन्त्रीहरुमा आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई हुनुहुन्छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङलाई मन्त्रीको जिम्मेवारीमा सपथ गराइएको छ । यस्तै, कृषि राज्यमन्त्री कला घले र उद्योग, वन, पर्यटन तथा वातावरणमा राजकुमार ओझाले पनि सपथ लिनु भएको छ ।
राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राई र मन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासिले शपथ गराउनु भएको थियो । मन्त्री आङबोहाङ माओवादी केन्द्रबाट एमाले प्रवेश गरेर मन्त्री हुनु भएको हो । उषाकला राई एमालेको माधव नेपाल समूह छोडेर केपी ओली समूहलाई समर्थन दिदैं मन्त्री हुनु भएको छ ।

थपिएकी राज्यमन्त्री घलेले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता लिनु भएको थियो । निर्वाचनताका ओझा माधव नेपाल समूहमा हुनु भएपनि त्यसपछि उहाँ ओली समूहसँगै हुनुहुन्थ्यो ।

मुख्यमन्त्री राईले आफू विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि संकटको समयमा साथ र सहयोग गर्ने सांसदहरुलाई मन्त्री तथा राज्यमन्त्रीमा नियुक्त गर्नु भएकोछ । सर्वोच्च अदालतले नेकपाको आधिकारिता ऋषि कट्टेलको पार्टीलाई दिएपछि एमाले र एमाओवादी पूर्ववत पार्टीमा फर्किसकेका छन् । त्यसपछि प्रदेश १ मा एमालेको पूर्ण बहुमतसहितको सरकार शुक्रबार बनेको छ । प्रदेश १ को मन्त्रिमण्डल ९ सदस्यीय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्