मिल्स गोल्डकपको भोली शनिबार फाइनल, एपिएफ र साइनो भिड्दै

मिल्स गोल्डकपको भोली शनिबार फाइनल,  एपिएफ र साइनो भिड्दै

विराटनगर। विराटनगर÷ पहिलो मिल्स गोल्डकपको उपाधि रक्षाको लागि सशस्त्र प्रहरी (एपीएफ) पूर्वाञ्चल र साइनो स्पोर्ट्स क्लब रानी मोरङबीच प्रस्पिर्धा हुदैछ । विराटनगर – १६ स्थित जुट मिल्सको खेलमैदानमा शनिबार अपराहन्न हुने गोल्डपको फाइनलमा उपाधि हात पार्न एपिएफ र साइनोले आ–आफ्नै रणनीति तय गरि भिड्ने भएको हो ।

साइनोले बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा धरानलाई १–० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको छ भने एपीएफले पहिलो सेमिफाइनलमा एलेभने एरोज क्बल दुहबीलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गरि फाइनलमा प्रवेश गरेको छ ।
साइनो स्पोर्ट्स क्लबका प्रशिक्षक राजु थापाले यस अघि भएको खेलमा डिफेन्स र मिडफिल्डमा देखिएको कमजोरी सच्याएर फाइनलमा प्रस्तुत हुने बताए । एपीएफ शारीरिक रूपमा बलियो रहेकाले पनि हाम्रा खेलाडीहरूलाई नयाँ रणनीति अपनाएर खेल्नुपर्ने अवस्था भएको उनले बताए । ‘अहिलेसम्म खेलाडीहरूको मेहनतको कारणले जित सम्भव हुदै आएको छ,’ उनले भने फाइनलमा ४, ३, ३ रनिङ्गमा खेलाडी मैदानमा उत्रार्नेछु ।’ हामीले विपक्षीलाई रोक्न योजना बनाएर अगाडी बढने उनको भनाई छ ।

यता एपीएफका प्रशिक्षक सुवास गिरीले खेलाडीको मिहेनतका कारणले जित निकाल्दै फाइनलमा पुगेको बताए । फाइनलमा नयाँ रणनीति अपनाएर खेलाडी उपाधिको लागि मैदानमा उत्रिने उनले बताए ।
मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको प्रतियोगिताको बिजेता नगद १ लाख ५० हजार रुपैयाँको साथै ट्रफि र उपबिजेताले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्ने ट्रष्टका कोषाध्यक्ष बिष्णु डंगोलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्