दुर्घटनामा परी विराटनगर–३ का सहनीको मृत्यु

दुर्घटनामा परी विराटनगर–३ का सहनीको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका–६ मा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो साँढे १ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को १ ख ४४०८ नम्बरको बसलाई सोही दिशा तर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ९५६१ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा बसमा ठोक्किएर घाईते भएका मोटरसाईकल चालक बिराटनगर महानगरपालिका–३ का २० बर्षीय अजय सहनीको उपचारको क्रममा मृत्यु भएको हो ।

सहनी विराटनगरस्थित मेरिल्याण्ड कलेजमा अध्ययनरत विद्यार्थी थिए । गम्भीर घाइते सहनीलाई बिराटनगरको नोबेल अस्पतालमा उपचारका लागि भर्ना गरिएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्