मेयर पराजुलीको आतिथ्यतामा बड्हीको होली शुभकामना कार्यक्रम सम्पन्न

मेयर पराजुलीको आतिथ्यतामा बड्हीको होली शुभकामना कार्यक्रम सम्पन्न

नेपाल बड्ही समाज जिल्ला कार्यसमिति, मोरंगले होली पर्व तथा नयाँ वर्ष २०७६८ सालको शुभकामना आदान-प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथी बिराटनगर महानगर पालिकाका मेयर भीम पराजुलीले समुद्घाटन गर्नुभएको थियो । मेयर पराजुलीले बड्ही जातीको उत्थानका लागि विराटनगर महानगरपालिका सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले बड्ही जातिको यूवाहरुलाई के कस्ता सीपहरु विकासका तालिमहरु दिनु पर्ने वा कुन तालिममा सहभागी गराउनु पर्ने विराटनगर महानगरपालिकालाई जानकारी गराउन आग्रह गर्दै त्यसको लागि जस्तो सुकै सहयोग तयार रहेको वताए । बड्ही जाति आफै स्वरोजगार भएपनि शिक्षाको अभाव देखिएकोले जातिको उत्थान र विकास गर्र्नै शिक्षामा ध्यान दिनुपर्ने, बढई जाति एक ढिक्का हुनु पर्ने, बढई जाति पनि समाजिक रुप रुपान्तर हुँदै जानु पर्ने सुझाव दिर्दै कार्यक्रमको सफलताको कामना गरेका थिए ।

पराजुलीसँग सम्पूर्ण बड्ही समाजले रंग अविर लगाएर एक अर्काका बीच शुभकामना साट्टा-साट गरेका थिए । सोही अवसरका केन्द्रि सचिव अशोक शर्माले बड्ही जातिको लागि हुँदै आएको र भविष्यमा गर्ने योजनाहरुको बारेमा जानकारी गराएका थिए ।

सोही अवसरमा बड्ही जातिका जेष्ठ नागरिक शान्ति देवी शर्मा उर्लावारी नगरपपालिका, भोला शर्मा धनपालथान गाउँपालिका, मिठु शमा, बुद्धन शर्मा, ललिता शर्मा विराटनगर महानगर पालिका र लक्ष्मण शर्मा कटहरी कटहरी गाउँपालिका गरी ६ जनालाई सम्मान गरेका थिए ।
त्यसैगरी योगदान सम्मान सुनवर्सी नगरपालिका महेन्द्र शर्मा र मरनोपरान्त रंगेली नगरपालिका राम विलास शर्माको सम्मान वहांको छारी दिव्या शर्मालाई हस्तान्तरण गरेका थिए ।
सो कार्यक्रमको सभापतित्व नेपाल बड्ही समाज मोरंगको अध्यक्ष सञ्जय शर्माले गरेका थिए भने कार्यक्रमको संयोजक विजय शर्माले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्