विराटनगर । मोरङको निर्वाचन क्षेत्र नं. १ (१) बाट प्रदेशसभा निर्वाचित सांसद कूल प्रसाद साम्बालाई मातृशोक परेको छ । नोबेल मेडिकल कलेजमा २६ दिनदेखि उपचाररत ८३ वर्षीया आमा राममाया लिम्बूको आइतबार बिहान निधन भएको हो ।
पित्तथैलीमा रहेको पथरीको शल्याक्रिया गरेर केही दिन अगाडि निकालिएको थियो । तर, टाउकोको समस्याले ग्रस्त लिम्बूकी आमाको उपचारको क्रममा निधन भएको हो । सांसद लिम्बूको बुबाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । मृतक लिम्बूको मिक्लाजाुङ–३ घरमा लगेर दिउँसो १ बजे अन्तेष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।