विराटनगरमा चर्चित गायक सबिन राईको प्रस्तुती हुने

विराटनगरमा चर्चित गायक सबिन राईको प्रस्तुती हुने

विराटनगरमा नेपाली सांगितिक क्षेत्रका चर्चित गायक सबिन राईले प्रस्तुती दिने भएका छन् । गायक राईले उनको ब्यान्ड द फरोहका साथ बरगाछीमा रहेको कार्पेदियममा प्रस्तुती दिने भएका हुन् । चैत्र २० गते शुक्रबारका दिन साँझ ६ देखि राती ९ बजेसम्म सबिन राई एन्ड द फरोहले प्रस्तुति दिने भएको हो ।

सिमित व्यक्तिहरुको उपस्थितिमा आयोजना हुने सांगितिक कार्यक्रमको टिकट मुल्य १ हजार राखिएको कार्पेदियमका संचालक श्रेयसकर कार्कीले जानकारी दिए । उनले कार्पेदियमको बस्ने व्यवस्था सामाजिक दुरीलाई मध्यनजर गरेरै राखिएको र कोभिड संक्रमणको भिड हुन सक्ने भएकाले कार्यक्रमको समय काउन्टरबाट टिकट नबेचिने जानकारी दिए । उनले भने 'टिकट अगाडी नै खरिद गर्नु पर्ने व्यवस्था गरेका छौं ।'

गुराँसको फेदमुनी, दिन र रात, म संसार जित्ने, मलाई अंगाली, दिन र रात जस्ता चर्चित गितका गायक सबिन राई पछिल्लो समय गायक राईले आफ्नो नयाँ एल्बम धन्यवादको लागि विभिन्न स्थानहरुको सांगितिक यात्रा समेत गरिरहेका छन् ।

महामारी पछि विस्तारै उठ्दै गरेको समयमा मानिसहरुलाई आनन्दको समय उपलब्ध गराउने सोचका साथ कार्यक्रमको आयोजना गरिएको कार्कीले जानकारी दिए ।
प्रत्येक हप्ता जसो राष्ट्रियस्तरमा नाम चलेका कलाकारलाई विराटनगरमा निम्तो दिइरहेको कार्पेदियमले यस अघि दि इलिमेन्ट्स, झिल्के एण्ड दि कम्पनी जस्ता ब्यान्डलाई निम्त्याएको थियो । सांगितिक कार्यक्रमका साथै कलाकारहरुले एयरपोर्टबाट विराटनगर टेकेको क्षणदेखि प्रस्तुति, विदाईसम्मका समयलाई भिडियोमा कैद गरि डकुमेन्ट्रीको रुपमा सार्वजनिक गर्ने योजना रहेको कार्कीले बताए । सम्राट चौहानले लिएको जिम्मेवारी लिएको यस कार्य अन्तर्गत दि इलिमेन्ट्सको कार्यक्रमको भिडियो केहि दिनमै सार्वजनिक गरिने जानकारी दिए ।

कार्यक्रम सम्बन्धमा फेसबुकमा बनाईएको इभेन्ट : https://fb.me/e/5PjzrBjf6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्